सोमबार, जेठ ३१ २०७८ १०:४३ AM

×

नेपाल बङ्गलादेश बैंकको २७ औं वार्षिकोत्सव, ७० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण   

images

काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकले २७ औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजत प्राप्त बैंकले २०५१ साल जेठ २३ गतेदेखि बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो ।

एनबी विदेशी संयुक्त लगानीमा सञ्चालित वाणिज्य  बैंक हो । एनबीमा बंगलादेशको आइएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बाँकी नेपालीको लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा दिँदै आएको  छ ।

बैंकले अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु दिनुका साथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं उच्च प्राथमिकतामा राख्ने गरेको छ ।  आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकले बढ्दो कोभिड-१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारलाई नेपाली ६६ लाख रुपैयाँबराबरको २ हजार ५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण  गरेको छ ।

बैंकले सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँको  आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्टेटर खरिद गर्नेछ । 

बैंकले आगामी दिनहरुमा अझ विस्तारित र सुदृढ सेवा र सुविधा दिंदै ग्राहकको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता पनि गरेको छ । 

आइतबार​ २३ जेठ २०७८ ०६:३८ AM मा प्रकाशित

प्रतिक्रिया