सोमबार, जेठ ३१ २०७८ ११:३४ AM

×

लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

images

काठमाडौं । लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्डविपरीत कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी  उपभोक्तालाई ठगी गरिएको आरोपमा सिल गरिएको छ ।

गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय लहानको संयुक्तअनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लगाएको थियो । यसपछि सो टोलीले  मेसिनलाई बन्द गरी  सिल गरेकोे थियो ।

साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सो  कार्यालयमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

 सो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पको अनुगमन गरेको जनाइएको छ ।  रासस

आइतबार​ २३ जेठ २०७८ ०२:२० PM मा प्रकाशित

प्रतिक्रिया