सोमबार, जेठ ३१ २०७८ ११:४१ AM

×

अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धन २० प्रतिशतले घट्यो, ७१५ अमेरिकी डलरमा पाइने

images


काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धनको मूल्य घटाएको छ । नेपाली इतिहासमै पहिलो पटक निगमले हवाई इन्धनमा २० प्रतिशत मूल्य घटाएको पहिलो हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले २३ गते राती(आइतबार) १२ बजेपछि लागू हुने गरी साविकको मूल्य अमेरिकी डलर ८९३ प्रति किलो लिटरमा १७८ ले घटाएको जानकारी दिए ।अव नेपाली बजारमा प्रति किलो लिटर ७१५ अमेरिकी डलरमा पाइने भएको छ ।

निगमको संचालक समितिको बैंठकले वर्तमान अवस्था रहन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशत सम्म नाफा राखि मूल्य निर्धाण गर्ने नीति पारीत गरेको थियो ।

लामो समयदेखि हवाई इन्धनको मूल्यमा अधिक नाफा लिएको भन्दै निगमको चर्को विरोध भइरहेको थियो ।

यो पनि पढ्नुस् हवाई इन्धनको मूल्य घटाउने तयारी, ३७ प्रतिशतसम्म घट्न सक्ने

बिहीबार निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक  पौडेल, प्राधिकरणका महानिर्देशक राजन पोखरेल र नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलसहितको छलफलमा हवाई इन्धनको मूल्य तत्कालै घटाउन निर्देशन दिएका थिए ।

छलफलमा निगमका कार्यकारी निर्देशक पौडेलले विमानस्थल भित्र इन्धन भण्डारणका लागि जग्गा दिए मूल्य घटाउन तयार रहेको बताएका थिए । भण्डारण केन्द्र नभएकै कारण हवाई इन्धन महंगोमा बेच्नु परेको गुनासो उनले गरेका थिए ।

यो पनि पढ्नुस् हवाई ईन्धन महंगो भएको पर्यटनकाे ठहर ,नाफा घटाउन वाणिज्यलाई प्रस्ताव

त्यस लगत्तै मन्त्री ढकालले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक जग्गा दिन निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पछि प्राधिकरणले पनि जग्गा दिन सहमत जनाएसँगै आइतबार हवाई इन्धनको मूल्य घटाएको हो ।

यो पनि पढ्नुस् इन्धनमै अधिक नाफाले महँगो अन्तर्राष्ट्रिय हवाई भाडा

 

आइतबार​ २३ जेठ २०७८ १०:२८ PM मा प्रकाशित

प्रतिक्रिया