×

१४ लाखको चेक बाउन्स गर्ने जायश्वर घिमिरे प्रहरीको फन्दामा, पठाइयो जेल

images

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १४ लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसूर मुद्दामा उच्च अदालतबाट १४ लाख रुपैयाँ जरिवाना ठहर भएका बाग्लुङ कोठेखोला घर भई काठमाडौंको बालाजु बस्ने ४६ वर्षीय जायश्वर घिमिरेलाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ घिमिरेलाई १४ लाख रुपैयाँ बैंकिङ कसूरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार घिमिरेलाई लैनचौरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

शुक्रबार​ २० साउन २०७९ ०५:३४ PM मा प्रकाशित

प्रतिक्रिया