सोमबार, जेठ ३१ २०७८ ११:२३ AM

×

नोकिया सी २० लन्च भयो, नेपाली मूल्य ११ हजार 

images

काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० लन्च भएको छ । नेपाली ११ हजार मूल्य पर्ने नोकिया सी २० फोन लन्च भएको हो । 

कम्पनीका अनुसार, लाइफ इज टु बि लिभ्ड, नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको गो एडिसन र सुरक्षा अपडेट–सबै गरेर ११ हजार रूपैयाँ पर्छ ।

तीन वटा(एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज) छुट्टै स्मार्टफोन सिरिजमध्ये एकको प्रतिनिधित्व गर्दै  नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउने कम्पनीले जनाएको छ ।

साथै अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डका रूरूपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्छ ।

प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवरलेराम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्ने भएकाले ग्राहकको रोजाइमा नोकिया फोन पर्ने बताए । 

उक्त फोनमा ५ एम्पीको फ्रन्ट र रियर क्यामेरा रहेको छ । साथै ठूलो ६.५ इन्चको एचडी तथा स्व्रिmनको साथ ३ हजार एमएएच ब्याट्रीको संयोजन भएकाले ब्याट्री टिकाउ हुने कम्पनीको दाबी छ । स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २–३२ जीबीको कन्फिगुरेसनमा रहेको छ । 
 

शुक्रबार​ २१ जेठ २०७८ ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया