सोमबार, जेठ ३१ २०७८ १०:४६ AM

×

अन्तःशुल्क स्टिकरमा क्युआरकोड हुने, बियर कारखानामा फ्लोमिटर जडान गरिने 

images

काठमाडौं । बैंक तथा वित्तीय संस्थालगायत अन्य व्यावसायिक प्रतिष्ठानहरुले प्रयोग गर्दै आएको क्युआरकोड अब अन्तःशुल्कको स्टिकरमा पनि राखिने भएको छ ।

आगामी आर्थिक वर्षदेखि अन्तःशुल्कमा स्टिकर राख्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । नक्कली अन्तःशुल्क स्टिकरको प्रयोगलाई निरुत्साही गर्न सरकारले यस्तो व्यवस्था गरेको हो । 

अन्तःशुल्क स्टिकरको प्रयोग गर्दा क्युआरकोडको स्क्यान गरी सोको तथ्यांक आन्तरिक राजश्व विभागको स्वचालित प्रणालीमा अभिलेख गर्ने प्रवन्ध मिलाइने बजेटमा उल्लेख गरिएको छ । यस्तै यस्तै बियर उत्पादन गर्ने   उधोगमै फ्लोमिटर राख्ने व्यवस्था मिलाइने भएको छ । 
 

शुक्रबार​ २१ जेठ २०७८ ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया