सोमबार, जेठ ३१ २०७८ ११:४९ AM

×

स्वास्थ्य मन्त्री तामाङले भने , सबै नेपालीलाई खोप ल्याउने पहिलो प्राथमिकता

images


काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

मन्त्री पदको सपथ लिएसँगै तामाङले अनुदानमा होस या सरकार आफैले खरिद गरेर भएपनि सबै नेपालीलाई निशुल्क खोपको व्यवस्था तत्कालै गरिने प्रतिबद्धता समेत जनाएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई पदमुक्त गर्दै एमाले  नेता तामाङले  स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनि यस अघि कानुन मन्त्री बनेका थिए ।

 

शुक्रबार​ २१ जेठ २०७८ १०:५६ PM मा प्रकाशित

प्रतिक्रिया