एजेन्सी। कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले एक चिठ्ठाबाट २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्।
विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा उक्त रकम जितेका हुन्। उनले जनवरी १६ मा २३२९३६ नम्बरको टिकट खरिद गरेका थिए।
पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन्। चिठ्ठा जितेकाेप्रति खुसी व्यक्त गर्दै उनले याे पैसा नेपाल आएर परिवारका लागि खर्च गर्ने बताए।
पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनले बताए।
यो कार्यक्रममार्फत नगद, सुन र ड्रिम कार पुरस्कार जित्ने मेरो प्रयास जारी रारहेकाे उनकाे भनाइ छ। ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए।
दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए भने सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए।
यस्तै मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्। दोस्रो पुरस्कार १० लाख दिराम, तेस्रो पुरस्कार १ लाख दिराम र चौथो पुरस्कार ५० हजार दिराम छ।