सोमबार, जेठ ३१ २०७८ १२:४५ PM

×

दिगो ई८ विद्युतीय कारको नयाँ मूल्य २१ लख ९५ हजार

images

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड दिगोले विद्युतीय सवारी–साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै दिगो ई८ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ  ।

परिमार्जन गरिएको मूल्यअनुसार स्टकमा रहेका दिगो ई८ कार खरिदकर्तालाई तत्कालै डेलिभरि गर्न सकिने कम्पनीले जनाएको छ । साे कारकाे नयाँ मूल्य २१ लाख ९४ हजार ५०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

सरकारले विद्युतीय सवारी–साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको जनाएको छ । साे दिगो ई८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरिसकेकाे थियो । 

यसको मोटर क्षमता १५ किलोवाट छ ।  यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ । एकपटकको चार्जले सामान्य सञ्चालन अवस्थामा यो कार १५० किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ । 
दिगो ई८ आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण रहेको कम्पनीले जनाएको छ । जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ ।

यो कारलाई घरको सामान्य चार्जिङ प्लगमा जोडेर पाँच घण्टामा पूर्ण रुपमा चार्ज गर्न सकिने जनाइएको छ । दिगो ई८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा एक रुपैयाँ १० पैसा मात्रै पर्ने कम्पनीले जनाएको छ ।

बिहीबार २० जेठ २०७८ ०४:४९ PM मा प्रकाशित

प्रतिक्रिया