सोमबार, माघ ३ २०७८ ०९:१९ AM

×

साओमीको आधिकारिक स्टोर बुटवलमा

images

बुटवल । ग्लोबल टेक्नोलोजी लिडर साओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ । बुटवलको बीपीचोक–६ मा साओमीले  आधिकाररिक स्टोर सञ्चालनमा ल्याएको हो । 

आधिकारिक स्टोरको लन्च गर्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मी स्टोरसँग एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्नका लागि प्रयास जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

उनले मी प्रशंसकहरुको लागी सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्ने बताउँदै नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जानेछन् र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरैभन्दा धेरै उपयोग गर्ने अवसर लिने विश्वास गरेका छन् ।

यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागी ईमानदारीसँग अधिक महत्त्व थप्ने विश्वास लिएको छ  । यस मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्रान्डको अधीनमा ल्याएर एकीकृत गर्ने जनाएको छ ।

 साओमी नेपालले हरेक रिटेल स्टोरको प्रक्रियालाई  निगरानी गर्ने र  पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउने उल्लेख छ । 

बिहीबार १६ मंसिर २०७८ ०४:५९ PM मा प्रकाशित

प्रतिक्रिया