×

रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा ल्यायो नार्जो सेरिज 

images

काठमाडौं । रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५० आई र नार्जो ५० ए  ल्याएको हो ।

कुनै पनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताका लागि यी फोनहरु निर्विकल्प छनोट हुन् ।

फोनको सार्वजनिक गर्दै  मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएको बताए ।  उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने उद्देश्यका साथ  रियलमीको नार्जो सेरिज ल्याएको उनकोे भनाइ छ ।

 उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु भएको उनको दाबी छ  । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।

रियल मी नार्जो ५० ए को मूल्य १९ हजार ४९९ देखि २१ हजार १९९ रुपैयाँसम्म रहेको छ भने रियल मी नार्जो ५० आईको मूल्य १२ हजार ९९९ देखि १५ हजार ४९९ रुपैयाँसम्म रहेको छ । यसको बिक्री भने मंसिर १५ गतेबाट दराज अनलाइन र १६ गतेबाट सम्पूर्ण आधिकारिक विक्रेताहरुबाट बिक्री हुने जनाएको छ ।

बिहीबार १६ मंसिर २०७८ ०४:३७ PM मा प्रकाशित

प्रतिक्रिया