सोमबार, जेठ ३१ २०७८ १२:०५ PM

×

कोभिडले हाउजिङ र अपार्टमेन्ट किन्नेहरू घटेका छैनन्

images

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र हाउजिङ र अपार्टमेन्टमा बस्ने कल्चर विस्तार भइसकेको छ । शान्त वातावरण र सुरक्षित साथ बस्न चाहनेहरूलाई लक्षित गरी उपत्यकाभित्र लक्जरीयसदेखि सामान्य परिवारलाई पनि हुने खालका हाउजिङहरू निर्माण भइरहेको छ ।

अहिले मान्छेहरू आफैं जग्गा खोजेर घर बनाउनुभन्दा अपार्टमेन्ट वा हाउजिङ मै बस्न रुचाउन थालेका छन् । आफैंले बनाउँदा भोग्नुपर्ने समस्याहरू र सुरक्षालाई मध्यनजर गरेर पनि धेरैको रोजाइ अहिले हाउजिङ र अपार्टमेन्टमा परेको देखिन्छ ।

कोरोना भाइरस(कोभिड–१९)को बीचमा पनि घर जग्गाको कारोबार निकै बढेको देखिन्छ । भूकम्पले थला पारेको हाउजिङ र अपार्टमेन्ट व्यवसाय कोभिडका बीचमा भने धेरै नै राम्रो हुँदै गएको छ । अन्य पेसा व्यवसायमा कोभिडले नराम्रोसँग असर गरे पनि घरजग्गा खरिद बिक्रीमा भने खासै गिरावट आएको छैन । 

व्यक्ति आफैंले बनाउन बिजुली, खानेपानी, पार्किङ, ढललगायतका समस्याहरू समाधान गर्न नै मुस्किल हुन्छ । यस्ता झनझटहरू बेहोर्नुभन्दा हाउजिङ वा अपार्टमेन्टमा गएर बस्दा यी सबै सेवा सुविधाहरू एकै ठाउँमा पाइने र सुरक्षाको समेत प्रत्याभूति हुने भएकाले पनि पछिल्लो पुस्ताको रोजाई यसतर्फ परेको देखिन्छ ।

कोरोना भाइरस(कोभिड–१९)को बीचमा पनि घर जग्गाको कारोबार निकै बढेको देखिन्छ । भूकम्पले थला पारेको हाउजिङ र अपार्टमेन्ट व्यवसाय कोभिडका बीचमा भने धेरै नै राम्रो हुँदै गएको छ । अन्य पेसा व्यवसायमा कोभिडले नराम्रोसँग असर गरे पनि घरजग्गा खरिद बिक्रीमा भने खासै गिरावट आएको छैन । 

गत वर्षको लकडाउन(बन्दाबन्दी)को बेला पनि घर जग्गा किन्न खोज्नेहरूको संख्या धेरै थियो । यो वर्षको निषेधाज्ञामा पनि त्यो संख्या घटेको छैन । त्यति मात्र होइन, गत वर्षको लकडाउनमा परियोजनाका सबै कामहरू ठप्प थिए । तर, यो वर्षको निषेधाज्ञामा भने निर्वाध रूपमा काम गर्न पाएका छन् । सरकारबाट कुनै रोकतोक नभएकाले निर्माणका परियोजनाहरू कुनै रोकिएका छैन ।

साइड भित्रै बसेर काम गर्नेहरूलाई रोकेको छैन । निषेधाज्ञा कडाइ गर्दा एक साता भने ढुवानीमा केही समस्या भएको छ । तैपनि अहिले तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले रातिको समयमा निर्माणका सामग्रीहरू ओसार्न दिने निर्णय गरेको हुनाले अबको दिनमा ती समस्याहरू पनि समाधान हुँदै जानेछ ।

हाउजिङ क्षेत्रमा अहिले स्टकहरू घरहरू प्रायः कोहीसँग छैन । सबै घरहरू बिक्री वितरण भइसकेको छ । नयाँ प्रोजेक्टहरू आएका छन् । यसरी हेर्दा कोभिडले हाउजिङ र अपार्टमेन्ट क्षेत्रमा नकारात्मक प्रभाव परेको देखिँदैन । 

यो वर्ष अर्को सहज भनेको बैंकहरूले घर जग्गा खरिदका लागि सरल रूपमा ऋण प्रवाह गरिदियो । त्यति मात्र होइन, हाउजिङ कम्पनीहरूलाई पनि सहज र सरल ब्याजमा ऋण दिएकाले लिने र दिने दुवैलाई सजिलो भएकाले पनि हाउजिङ बिजनेसमा मन्दि नआएको हुनसक्छ ।

कोभिडका बीचमा ५ देखि ७ वटा हाउजिङका परियोजना सञ्चालनमा आएको छ । चौधरी ग्रुप, कम्फर्टलगायतले हाउजिङका लागि जग्गा लिएर पाइपलाइनमा परियोजनालाई राखिरहेको छ । हाउजिङ बिजनेसमा जति बाहिर हल्ला गरिए पनि बास्तविकताभन्दा कुनै असर गरेको छैन । किन कि घर भनेको चिज सबैलाई चाहिने नै हो । एक दिन त अवस्य घर बनाउने वा किन्नतर्फ लागेकै हुन्छन् । त्यसैले पनि कोभिडका बीचमा पनि घर किन्नेहरूको लहर निकै बढेको देखिन्छ ।

यो वर्ष अर्को सहज भनेको बैंकहरूले घर जग्गा खरिदका लागि सरल रूपमा ऋण प्रवाह गरिदियो । त्यति मात्र होइन, हाउजिङ कम्पनीहरूलाई पनि सहज र सरल ब्याजमा ऋण दिएकाले लिने र दिने दुवैलाई सजिलो भएकाले पनि हाउजिङ बिजनेसमा मन्दि नआएको हुनसक्छ ।

सिमेन्टमा मूल्य घटेको छ भने डण्डीमा केही मूल्य बढेको छ । पहिलाभन्दा अहिले घरको मूल्य बढेको छ । जबसम्म जग्गाको मूल्य स्थिर हँुदैन वा सस्तो हुँदैन तबसम्म घरको मूल्य पनि घट्दैन । जति महँगोमा जग्गा किनेर घर बनायो त्यतिनै ग्राहकलाई बेच्दा मूल्य बढ्ने हो ।

भूकम्पछि हाउजिङ कम्पनीहरूले बेहोर्दै आएको घाटालाई अहिले पूर्ति गरिरहेको छ । जग्गाको मूल्य भूकम्पपछि ह्वात्तै बढ्यो, जसले लामो समयदेखि हाउजिङका लागि जग्गा खरिद गरेर राखेका थिए तिनीहरूलाई धेरै सहज भएको छ । उनीहरूले आफ्नो घाटालाई पूर्ताल गरिसकेका छन् । कोभिडले घरजग्गाको कारोबारमा कुनै प्रभावित बनाएको छैन । मान्छेलाई घर भन्ने चिज सधैं चाहिने भएकाले यसको बिक्री वितरण निरन्तरनै छ । 

नयाँ–नयाँ प्रोजेक्टहरू पनि लन्च भएका छन् । मात्र तिनीहरूले विज्ञापन मात्र नगरेका हुन् । विज्ञापन नहुनु भनेको घरको बिक्री नभएर होइन । पहिले–पहिले विज्ञापन धेरै आउने भनेको घर बिक्री नभएर, स्टकमा बसेकाले हो । अहिले त स्टकमा कुनै घर नै नभएपछि किन विज्ञापन र हल्ला खल्ला गरिराख्नु प¥यो भन्ने मानसिकतामा व्यवसायीहरू पुगेका छन् । 

महिनामा एउटा/दुईवटा घरहरू बिक्री भइरहेकाले पनि कुनै समस्या नभएको हो । हाउजिङ सँगै अपार्टमेन्टको पनि बिक्री रफ्तारमै छ । त्यसैले यो महामारीले पनि यस क्षेत्रमा कुनै प्रभावित भएको देखिँदैन । 

                                                                                                (चित्रकार, नेपाल जग्गा तथा आवास विकास संघका पूर्वसचिव हुन् ।)

बुधबार १९ जेठ २०७८ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया