बुधबार, साउन १३ २०७८ ०८:४६ AM

×

उखु किसानका लागि ८४ करोड रुपैयाँ बजेट विनियोजन

images

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/२०७९ मा उखु किसानका लागि ८४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार गरेको बजेट भाषणअनुसर, किसानले चिनी मिलमा उखु बिक्री गरेको १५ दिनभित्र उत्पादन परिणमका आधारमा अनुदान प्रदान गर्न सो रकम विनियोजन भएको हो ।

उता किसानले भने, विगतका वर्षदेखि नै चिनी मिलबाट रकम भुक्तानी लिन बाँकी रहेको बताउँदै विभिन्न प्रदर्शन तथा आन्दोल गर्दै आएका छन् । अर्थ मन्त्रालयले आव २०७८/२०७९ मा कृषि तथा पशुपक्षि विकासका लागि ४५ अर्ब ९ करोड बजेट छुट्याएको छ ।

बुधबार १९ जेठ २०७८ ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया