काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) र नेपाल टेकिङ ट्राभल ¥याफटिङ एयरलाइन्स संस्कृति पुरातात्विक कार्गो कुरियर श्रमिक युनियन (युनिट्राव)ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईसँग विना धितो २ प्रतिशत व्याजमा १ वर्षसम्म २० लाख रुपैया कर्जा माग गरेको छ ।
मंगलबार पर्यटन मन्त्री भट्टराई लाई सयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउदै पर्यटन व्यवसायी तथा श्रमिकहरुको पुनर्जीवनका लागि कर्जा सहितको विभिन्न सुविधाको माग गरेका हुन् । दुवै संस्थाले बुझाएको पत्रमा ब्याज मिनाहा, एक बर्षसम्म विनाधितो दुई प्रतिशत व्याजदर कर्जा सुविधा तथा घरभाडा छुटका लागि पहल गर्नुपर्ने, टिम्स अन्तरगतमजदुर कल्याण कोषको जम्मा भएको रकम श्रमिकहितको लागि प्रयोग गर्नुपर्ने, ट्रेकिङ कम्पनीको नविकरणको समयावधि ६ महिनाथप्नु पर्ने, आउँदो बजेट मार्फत पर्यटन क्षेत्रमा विशेष छुटका योजना ल्याउनुपर्ने लगायका माग उल्लेख गरिएका छन ।
मन्त्री भट्टराइले कोरोनाभाइरस (कोभिड–१९) का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुर्नजीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा वजेटमार्फत ठोस कार्यक्रम ल्याउने बताए । मन्त्री भट्टराइले सरकार एक्लैको प्रयासबाट यो क्षेत्रलाई माथि उकास्नन सकिने उल्लेख गर्दै सरकार र नीजि क्षेत्रको संयुक्त पहलमा मात्र व्यवसायीको लगानी र श्रमिक तथा कर्मचारीको जीवनयापन सुरक्षित गर्न र पर्यटन व्यवसायलाई व्युताउँन सकिने बताए ।
नेपालको पर्यटन क्षेत्रमा १५ खर्व ९५ अर्व भन्दा वढी र आठ–नौ लाख प्रत्यक्ष रोजगारी रहेको प्रारम्भिक तथ्यांक रहेको उल्लेख गर्दै मन्त्री भट्टराइले भने–‘आठ–नौ लाख जनसंख्या प्रत्यक्ष रोजगारीमा जोडिएको यो क्षेत्रबाट आश्रित जनसंख्याको हिस्सा ठूलो छ, तीनको जीवनयापनलाई सुरक्षित बनाउन सरकारले उचितकदम चाल्छ ।’
यसअघि मन्त्रीपरिषद्को बैठकबाट पनि तत्काल राहतका लागि व्यवसायीहरुले तिनुपर्ने व्याजको समय सिमा बढाउने, घरभाडा छुटका लागि घरधनीसँग आग्रह गर्ने लगायतका केहि घोषणा भइसकेको उल्लेख गर्दै मन्त्री भट्टराइले दिर्घकालीन राहतका प्याकेज बारे पनि आन्तरिक तयारी भइरहेको बताए ।
कोरोनाका कारण अलपत्र परेका तथा खान नपाएका कोही श्रमिक÷कर्मचारी छन भने तीनको समस्याको तत्काल सम्बोधन गरिने उल्लेख गर्दै मन्त्री भट्टराईले समस्यामा परेकाहरुको तथ्याङक तत्काल उपलब्ध गराउन टान र युनिट्रावका प्रतिनिधीसँग आग्रह गरे ।