काठमाडौं । उप–प्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरिय समितिले भ्रमण वर्ष २०२० अप्रिलसम्म मात्र स्थगित गर्ने निर्णय गरेको सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को बैंठकमा तत्कालका लागि भ्रमण वर्ष स्थगन गरी नयाँ मिति घोषणा गर्ने छलफल भइरहेको बेला अप्रिलसम्म मात्र स्थगित गर्ने निर्णय भएको हो ।
विश्वभर कोरोना भाइरसको प्रभाव बढेपछि सरकारले बैशाखसम्म अनराइभल भिसा दिन बन्द गरेको छ । त्यस्तै विदेशबाट आउनेहरुले पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरिरहेको बेला भ्रमण वर्ष भने अप्रिलसम्म मात्र स्थगित गरेको सार्वजनिक भएको हो ।
कोरोना भाइरसको प्रभाव बढेपछि उच्च सतर्कता अपनाउन सुझाव दिने उद्देश्यले सरकारले गठन गरेको उच्च स्तरीय समितिले भ्रमण वर्षलाई अप्रिलसम्म मात्र स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको थियो । सो समितिले भ्रमण वर्ष सहित सगरमाथा संवादलगायतका अन्तराष्ट्रिय सभा, सम्मेलन अप्रिलसम्म स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै नेपालबाट अन्तराष्ट्रिय सभा, सम्मेलनमा हुने सहभागिता अप्रिल २०२० सम्म स्थगित गर्ने निर्णय भएको छ ।
संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीन महिनासम्म भ्रमण वर्षको प्रचारप्रसार अन्तर्राष्ट्रिय बजारमा नगर्ने निर्णय भएको जानकारी दिएका थिए । तर, सरकारले नै गठन गरेको उच्च स्तरीय समितिले भने अप्रिलसम्म मात्र भ्रमणववर्ष लाई स्थगन गर्ने र त्यसपछि नियमीत रुपमा अगाडी बढाउने तयारी गरेको छ ।
मन्त्री परिषदमा भ्रमण वर्ष स्थगन गर्ने छलफल गरेपनि सचिवालयमा स्थगितको कुनै औपचारिक पत्र पुगेको छैन । सरकारको कुनै पत्र नपुगेको भन्दै अहिले सचिवालयले आफ्नो कामलाई रोकेको छैन् । सचिवालय श्रोतका अनुसार पत्र नपुगेकै कारण नियमीत रुपमा कामहरु भइरहेको हो । तर,औपचारिक कार्यक्रम भने केहि गरेको छैन ।