काठमाडौं । कोरोना भाइरसले पर्यटन क्षेत्र प्रभावित भइरहेको बेला ‘दी पिक हस्पिटालीटी’ले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न नयाँ स्कीम योजना ल्याएको छ ।नेपाली युवाहरुले व्यवस्थापन गर्दै आएको दी पिक मार्फत सञ्चालितत तीनओटा तारे होटलमा विशेष छुटसहितको प्याकेज ल्याएको हो ।
पिकका सञ्चालक यादव पाण्डेले काठमाडौं र भैरहवामा रहेका होटलमा छुट दिइरहेको जानकारी दिए । उनका अनुसार, काठमाडौंमा रहेको एयरपोर्ट होटलमा प्रति कोठा ३ हजार ५ सय, आनन्द पशुपतिमा ३ हजार र भैरहवामा रहेको बोधी रेडसनमा ३ हजार रुपैयाँमै कोठा दिन लागिएको हो । यसअघि ती होटलको कोठाहरु भ्याट सहित ५ हजार रुपैयाँ भन्दा बढि पर्ने गरेको थियो । ती कोठामा २ जनासम्म बस्न मिल्ने बताइएको छ ।
अहिले होटल व्यवसायीहरुले व्यापार ठप्प रहेको भन्दै कर्मचारीलाई बिदा गरिरहेको बेला पीकले भने कोठाको मुल्य घटाएर भएपनि आफ्ना कर्मचारीहरुलाई बिदाई नगर्ने सोच बनाएको हो ।
‘एक जना कर्मचारीले कम्तीमा ५ जना परिवार पालेको हुन्छ, सञ्चालक पाण्डेले भने,उनीहरुको दैनिकी गुजारा चलाउन पनि हामीले कोठा सस्तोमा दिन लागेका हौं’ । होटलमा आउने पाहुनाको स्वास्थ्यप्रति आफुहरु गम्भीर रहेको भन्दै स्वास्थ्यवर्दक खाना र स्वास्थ्य वातावरणमा पाहुनाहरुलाई स्वागत गर्न तयार रहेको उनले बताए ।
अहिले नै आन्तरिक रुपमा ठप्प पार्नुपर्ने अवस्था नरहेकोले धेरैको संख्यामा नभएपनि कम्तीमा २ देखी ३ जनाको समूहमा यात्रा गर्न मिल्ने अवस्था भएकोले यस्तो स्कीम ल्याएको उनको भनाई छ । यसले एकातिर आन्तरिक पर्यटन चलामान भइरहन्छ भने अर्कोतर्फ अर्थतन्त्रमा पनि केही सहयोग पुग्ने विश्वास लिएका छन् ।
सर्वसाधरणलाई कोरोनाको त्रासले सताइरहेको भन्दै त्यसलाई केहि हदसम्म कम गर्नका लागि सरकारले विषेश योजना ल्याउन आवश्यक रहेको होटल एसोसियन अफ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहको भनाई छ ।
बाह्य पर्यटकहरु नेपाल नआउने अवस्था सिर्जना भएको कारण यहि बेला आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिन सरकारलाई सुझाव समेत दिएका छन् । अहिले विभिन्न मुलुकमा पर्यटन प्रवद्र्धनका लागि भन्दै सरकारले विशेष प्याकेज घोषणा गरिहेको भन्दै त्यसबाट नेपाल सरकारले पनि केहि सिक्न आवश्यक रहेको उनले बताए ।
एक ठाउँको पर्यटकलाई अर्को ठाउँमा घुम्न पठाउने योजना सरकारले ल्याएर विशेष छुट दिन आफुहरु तयार रहेको उनले बताए ।