काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा नयाँ रिसोर्ट खुलेको छ । पर्यटकिय नगरी पोखराको कालिकामा ३८ रोपनी क्षेत्रफलमा पोखरा हेभन रिसोर्ट सञ्चालनमा आएको हो ।
फेवाताल र हिमश्रृङ्खलालाई नजिकबाट नियाल्न सक्ने गरी पहिलो चरणमा २५ ओटा कोठा तयार भएका छन् । करिब ३६ करोड रुपैया लागतमा निर्माण हुने रिसोर्ट अहिले निर्माणको चरणमै रहेको सञ्चालक राजभण्डारीले बताए । उनका अनुसार रिसोर्टमा ५४ ओटा डिलक्स कोठा तयार हुनेछन् ।
रिसोर्टमा २ ओटा स्वीमिङ पुल, जीम हाउस, स्पा सहितको सुविधा उपलब्ध हुनेछन् । रिसोर्ट विजयपुरबाट ८ किलोमिटर टाढा रहेको कालिका डाडामा निर्माण भएको हो ।
भ्रमण वर्ष २०२० मा पोखरा पुग्ने पर्यटकहरुले नयाँ गन्तव्यको रुपमा कालिकालाई लिने गरिएको छ । भिडभाड र होहल्लाबाट केहि समय विश्राम लिने सोच बनाएका पर्यटकहरुलाई उत्कृष्ट गन्तव्य कालिका हुने उनको विश्वास छ ।
गण्डकी प्रदेशले भ्रमणबर्षभर ८ लाख पर्यटक पोखरामा भित्र्याउने घोषणा गरेको छ । मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा २०२० मा ८ लाख पर्यटक भित्र्याउने घोषणा गरेका छन ।सोहि अनुसार आवश्यक पुर्वाधार निर्माणमा स्थानिय पर्यटन व्यवसायी तथा प्रदेश सरकार पनि लागेको छ ।
पोखरा आउने पर्यटकलाई नजिकको गन्तब्यमा बसाई लम्ब्याउन रिसोर्ट महत्वपूर्ण हुने सञ्चालक राजभण्डारीले बताए । ‘नेपाल आउने २० लाख मध्ये ८ लाख (४० प्रतिशत) पर्यटक गण्डकीले नै ल्याउने हो, मुख्यमन्त्री गुरुङले भने, त्यसका लागि हामी तयार छौं’।