काठमाडौं । हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान सुरु गरेको छ । साताको तीन उडान गर्ने गरी बिहिबारबाट नियमीत उडान सुरु गरेको हो ।
चीनमा हिमालयको यो पाँचौ गन्तव्य हो भने सेडुअल फ्लाइट दोश्रो हो । यस अघि बेइजिङमा नियमीत उडान गरिरहेको छ भने अन्य तीन गन्तव्यमा चार्टर फ्लाइट गरिरहेको छ ।
चोङकिङमा नेपालको उडानले भ्रमण वर्ष २०२० लाई थप सहज हुने संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको भनाई छ । पछिल्लो समय धेरै पर्यटकहरु चिनबाट नेपाल आइरहेको भन्दै यो उडानले थप उत्साह जगाएको उनको भनाइ छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चोङकिङ उडानले त्यस क्षेत्रका पर्यटकहरुलाई यहाँ आउन थप सहज हुने बताइन् । चीन सरकारले नेपालको हरेक क्षेत्रमा सहयोग गरिरहेको बताउदै भ्रमण वर्ष २०२०मा धेरै भन्दै धेरै पर्यटक नेपाल ल्याउन हिमालयनको उडानले थप सहयोग पुग्ने उनको अपेक्षा छ ।
तीनवटा ए ३२० जहाज कायम गर्न र आठवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । हिमालय एअरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग, गुइयाडं र चाडंसा मा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स् हिमालय एयरलाइन्स् हो र हाल चीनमा उडान भर्ने एक मात्र नेपाली एअरलाइन्स हो ।
८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउ“दै आएका छन् । साथै निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्स्ले २०२० सम्म तिन ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ ।
काठमाडौ-चोङकिङ सिधा उडानबाट ब्यापारिक भिषामा ओहोरदोहर गर्ने तथा छोटो समय घुम्न हिंड्ने पर्यटकका लागि नयाँ विकल्प प्रदान गरेको छ । काठमाडौ—चोङकिङ सिधा उडान अन्र्तगत पहिलो विमान ज्ढ ठडठ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बिहान ०९ः४० बजे छोङ्छिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरी स्थानीय समय अनुशार १५ः२६ बजे चोङकिङ चियाङ्पेइ अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो ।
त्यसैगरी चोङकिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार सोही दिन उक्त विमान अपरान्ह १७ः०० बजे काठमाडौका लागि उड्ने र नेपालको समय अनुसार साँझ १९ः१५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तय भएको छ ।
हिमालय एअरलाइन्स्का अध्यक्ष झाउ इनयोङ्ले चिनियाँ नयाँ बर्षको सुखद अवसर पारेर काठमाडौ-छोङ्छिङ् सिधा उडान शुरु गर्न पाउनु चिनियाँ पर्यटकहरुका लागि नयाँ बर्षको उपहार जस्तै भएको बताए । हवाई कनेक्टिभीटि माध्यमबाट अझ बढी चिनियाँ पर्यटक नेपाल भित्रिन सकुन् भन्ने लक्ष्य रहेको बताउदै नेपालको फस्टाउँदो पर्यटन क्षेत्रको विकासमा टेवा पुग्न सकोस् भन्ने अपेक्ष रहेको उनको भनाइ छ ।
गत अक्टोबरमा बेइजिङ् तर्फ उडान शुरु भएपछि हिमालय एअरलाइन्स्ले ४ हजार २ सय ४२ जना भन्दा बढी चिनियाँ यात्रुलाई चीनका चार शहरबाट नेपाल ल्याइसकेको छ । हिमालय एअरलाइन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले चीनको थप अर्को एउटा शहरमा हाम्रो सेवा विस्तार गर्न पाउंदा खुसि लागेको बताए । यो उडानले चोङकिङ्बाट सिधा पर्यटक नेपाल आउन सक्ने उनको भनाइ छ ।