काठमाडौं । बुध्द एयरले माघ १८ गतेदेखी राजविरानमा नियमीत उडान गर्ने भएको छ । प्रदेश २ को महत्वपूर्ण शहर राजविराजमा दैनिक १ उडान गर्न लागिएको जनाएको छ । काठमाडौंबाट ३५ मिनेटमा पुगिने राजविराजको सुरुवाती भाडा ३ हजार ६ सय रुपैया राखिएको छ ।
काठमाडौंबाट ११ बजेर २५ मिनेटमा र राजविराजबाट १२ बजेर २० मिनेटमा उडान गर्ने तालिका सार्वजनिक भएको छ । यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने छ । राजविराजमा एटीआर–४२ र एटीआर–७२ जहाज सञ्चालन गर्ने जनाएको छ। बुद्ध एयरसँग हाल १३ वटा जहाज सञ्चालनमा छन।
दैनिक उडानले पर्यटन पर्वद्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुध्द एयरको विश्वास छ । पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुने अपेक्ष बुध्दले लिएको छ ।
राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहा“बाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।
राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैस“ग जोड्न सकिन्छ । यसबाट दुबै देशका पर्यटकहरुलाई फाईदा पुग्नेछ ।