काठमाडौं । इञ्जिनियरको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले सुवासचन्द्र बरालको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको छ। बुधबार ललितपुरमा उमेदवारी घोषणा सभा गर्दै प्यानल नै सार्वजनिक गरेको हो।
अध्यक्ष उमेदवार बरालले २४ वर्ष लामो पेशागत अनुभवलाई संस्थाको गरिमा वृद्धि गर्न, इञ्जिनियरको हकहितकाे रक्षा गर्दै देश निर्माणमा प्रयाेग गर्ने बताए। सिडेनले नेपाल इन्जिनियर्स एसाेसियसनकाे सबलिकरण, इञ्जिनियरकाे क्षमता अभिवृद्धि तथा पेशागत सहयाेग, एकता सहकार्य तथा गुणस्तरसहितकाे सामाजिक आदर्श निर्माण र हकहितकाे संरक्षण तथा पैरवी गर्ने प्रतिवद्दता पनि सार्वजनिक गरेकाे छ।
इञ्जिनियर बराल अध्यक्ष, इञ्जिनियर प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव छन्। अध्यक्षका उमेदवार चितवन निवासी बराल दुई दशकदेखि उर्जाक्षेत्रमा सक्रिय रहँदै आएका छन्। महासचिव पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन्।
भदौ २८ गते ३४औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ। लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो। इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो।
त्यस्तै बाग्मति प्रदेश तेस्राे प्रदेश कार्यकारिणी समितिका लागि इञ्जिनियर बलराम पुडासैनी अध्यक्ष, विभूषण चालिसे उपाध्यक्ष,सचिवमा विवेक श्रेष्ठ, सहसचिवमा दिपक भट्ट, काेषाध्यक्षमा निर्मला लामा तामाङ र प्रदेशबााट प्रदेश प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यमा मेघनाथ ढकाललगायतकाे प्यानल घाेषणा भएकाे छ।