काठमाडौं। नेपाल प्रहरीले मनसुन सुरु भएको जेठ २८ यता बाढीपहिरोलगायत विपद्मा परेर हालसम्म १९० जनाले ज्यान गुमाएको विवरण सार्वजनिक गरेको छ।
मृत्यु हुनेमा काठमाडौं उपत्यकामा ३ जना, कोसी प्रदेशमा २७, मधेसमा ८, बागमतीमा ३२, गण्डकीमा ५६, लुम्बिनीमा ३६, कर्णालीमा १३ र सुदूरपश्चिममा १५ गरी जम्मा १९० जना रहेको विवरण प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार सोही अवधिमा काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी २३८ घाइते भएका छन्।
यस्तै, काठमाडौं उपत्यकामा २८, कोसी प्रदेशमा ४९, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी ११४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढीपहिरोमा परेर कोसी प्रदेशमा २, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ गरी ४९ बेपत्ता भएका छन्।