काठमाडौं। यामाहा नेपालले ग्राहक सुविधालाई लक्षित गरेर ग्राहक लक्षित ट्रेन्ड सेटिङ मोबाइल एप सार्वजनिक गरेको छ।काठमाडौंमा आयोजित एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिलएलका महप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुआत गरे।
लेनदेनमा आवश्यक पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल–टाइम सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधा ‘हायर–पर्चेज’ क्षेत्रका ग्राहकका लागि अति जरुरी हुने हुँदा बढ्दो डिजिटल उपयोगिता हायर पर्चेज उद्योगमा पनि लागू हुने कम्पनीले जनाएको छ।
‘एमएचपीएल’ एप सुरु भएसँगै अब ग्राहकका लागि कर्जा भुक्तानी कारोबार डिजिटल रुपमा गर्न सुविधाजनक विकल्प उपलब्ध हुने कम्पनीको दाबी छ। कर्जा अवस्था जान्न ग्राहकले भौतिक रुपमै उपस्थित हुनुपर्ने बाध्यता हट्नेछ।
कम्पनीका अनुसार एपमा कर्जा विवरणको जानकारी र बाँकी सावाँ रकमको भुक्तानी तालिका उपलब्ध हुनेछ। यस्तै, एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युतीय विकल्प उपलब्ध छ।
कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसन, झन्झटमुक्त अनुभवका लागि युजर–फ्रेन्डली इन्टरफेसलगायत सुविधा यसमा राखिएका छन्। एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवद्र्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर–पर्चेज क्षेत्रको चिरपरिचित नाम हो।
कम्पनीले देशभरका ३० हजार बढी ग्राहकलाई सेवा दिइसकेको छ। यसले हालसम्म आफ्नो व्यापक सन्जालमार्फत नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको कम्पनीले जनाएको छ।
एमएचपीएलले दुईपांग्र्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइल, सेकेन्ड ह्यान्ड कार, व्यापारिक सवारीसाधन ईभी र फोसिल फ्युल इन्धन, कृषि उपकरणलाई ऋण उपलब्ध गराउँछ।