काठमाडौं । चिनियाँ विद्युतीय गाडी वुलिङको विङ्गो नेपाली बाजरमा सार्वजनिक भएको छ। नेपालका लागि वुलिङको आधिकारीक वितकरक पारामाउन्ट मोटर्सले भित्र्याएको विङ्गो आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।
विङ्गो एसएआईसी, जनरल मोटर्स र वुलिङ मोटर्स मिलेर उत्पादन गरेको विद्युतीय गाडी हो। यस गाडीको सुरुवाती मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। ह्याचव्याक सेग्मेन्टमा उपलब्ध विङ्गो राम्रो रेन्ज प्रदान गर्न सक्षम रहेको कम्पनीले दाबी गरेको छ। यस गाडीले एक पटकको सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिनेछ।
पारामाउन्ट मोटर्सकाअनुसार वुलिङ विङ्गो ईभीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ। यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ।
विङ्गो ईभीमा ३२ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ भने यसको पीकपावर क्षमता ४९ किलोवाट छ। विङ्गोमा दुई वटा १०.२५ इन्चको स्क्रिन पनि उपलब्ध छ।
लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर रहेको यस गाडीको ड्यासबोर्ड पनि सफ्टटच मेटेरियलबाट बनेको बताइएको छ।
पारामाउन्ट मोटर्सकाअनुसार यसमा कम्पनीले ८ वर्ष वा १२० हजार किलोमिटर ब्याट्रीमा र ३ वर्ष वा १ लाख किलोमिटर मोटरमा वारेन्टी प्रदान गरिएको छ।