काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ। शनिबार काठमाडौंको गुहेश्वरीस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा उक्त ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो।
इभेन्टमा उत्सुक ग्राहकलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरिएको छ। यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधानतर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको साइमेक्स इंकको भनाइ छ। अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशिलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रूपमा कार्य गरेको बताइएको छ।
उक्त अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रूपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो। जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो। बीवाईडी ईभी प्रयोगकर्ताका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ। निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने छ।
‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ। साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने, ‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्साउँछ। आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझैँ बलियो बनाएको छ। यससँगै नेपालमा यातायातको भविष्य निर्माण गर्नमा महत्त्वपूर्ण भूमिका खेल्न पाएकोमा हामी गौरवान्वित छौं।’
बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन्। यी गाडी इनर्जी एफिसियन्टसमेत छन्। इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझैँ सफा र हरियाली बनाउने लक्ष्य लिएको छ।
सफलतापूर्वक एकै दिनमा ५० बीवाईडी ईभी डेलिभरी गरेर साइमेक्स इंकले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यससँगै आफूलाई नेपालमा दिगो यातायात समाधान गर्ने कार्यमा एक लिडरको रूपमा उभ्याएको उसको ठहर छ। यस प्रकारका नवप्रवर्तन र ग्राहक केन्द्रीत अभियानमार्फत साइमेक्स इंकले आगामी दिनमा समेत देशमा सकारात्मक परिवर्तन ल्याउन र मोबिलिटीको भविष्य निर्माण गर्न सधैँ प्रतिबद्धता जनाएको छ।