काठमाडौं। प्रभु बैंक र विराटनगरमा रहेको न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार अस्पतालले अन्तरंग तथा बहिरङ सेवामा ओपिडी टिकटबाहेक सिटिस्क्यान, न्यूरो सर्जरी,न्यूरो आईसियू, अर्थोप्याडिक सर्जरी, एमआरआई, प्रसूति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायत स्वास्थ्य तथा अन्य सेवामा विशेष छुट दिनेछ।
सम्झौतामा अस्पतालका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंकका गोल्छा चोक, शाखा प्रमुख प्रशान्तकुमार झाले हस्ताक्षर गरे।
छुट सुविधा पाउन ग्राहकले प्रभु बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटललाई भुक्तानी गर्नुपर्नेछ।
अस्पतालले विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवामा प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरलाई १० प्रतिशत र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट दिनेछ।
हाल बैंकले ३०२ शाखा, २८५ एटीएम, ७० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।