काठमाडौं। एभरेष्ट बैंकले कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा तौलिहवा शाखा मातहतमा रहने गरी एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
एक्स्टेन्सन काउन्टर उद्घाटन लुम्बिनी प्रदेश १ (ख) का प्रदेशसभा सदस्य मधुसूदनसरण चौधरी र बैंकका लुम्बिनी प्रदेश प्रादेशिक प्रबन्धक लवप्रसाद कुइँकेलले संयुक्त रुपमा गरेका हुन्।
बैंकका प्रादेशिक प्रबन्धक कुइँकेलले पकडी र आसपासका बासिन्दालाई सबल, सरल, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा गराइने बताए।
बैंकले एक्सटेन्सन काउन्टर सेवा सञ्चालन अवसरमा तीनमहिने अफर सार्वजनिक गरेको छ। साधारण बचत खाता खोल्दा न्यूनतम मौज्दात १००, चल्ती खाता न्यूनतम मौज्दात २,५००, तलबी बचत खाता शून्य मौज्दात, नारी बचत खाता १,२५०, डेबिट कार्ड, एसएमएस अलर्ट सेवा, मोबाइल बैंकिङ निःशुल्क दिइने बताएको छ।
कार्यक्रममा मायादेवीका अध्यक्ष बलिउद्दीन मुसलमान, वडा–१ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरीक्षक राजीव श्रेष्ठ, बैंकका तौलिहवा शाखा प्रबन्धक शंकर घिमिरेलगायत उपस्थित थिए।
हाल बैंकले १२८ शाखा, ४ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएम, ३२ राजस्व संकलन केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ।