काठमाडौं। नेपालमा क्रम्प्टन एप्लायन्सको आधिकारिक वितरक चौधरी ग्रुपले विभिन्न नयाँ पंखा र कुलर बजारमा बिक्री सुरु गरेको छ।
नेपाली उपभोक्ताको विविध आवश्यकता र प्राथमिकता पूरा गर्न डिजाइन गरिएका पंखामा सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान र एक्जस्ट फ्यान रहेको कम्पनीले जनाएको छ। प्रत्येक पंखाले उच्च प्रदर्शन, शैली र विश्वसनीयता उपलब्ध गराउने कम्पनीको दाबी छ।
स्टाइलिस डिजाइन र ऊर्जा–कुशल कार्यसम्पादनका साथ क्रम्प्टन सिलिङ फ्यान कुनै पनि घरका लागि उत्तम हुने कम्पनीले बताएको छ। इकोनोमिक सिलिङ फ्यान सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज ग्यालप, पवन, अल्फा ब्रिज, विन्जर कुल ब्रिज र सी विन्ड छन्।
कम्पनीका अनुसार डेकोरेटिभ सिरिजमा क्रम्प्टनसँग स्युरब्रिज मोन्टानिया, अरिया ब्रिज प्राइम र सुपर एयर डेको छन्। आधुनिक डिजाइनको साथ, क्रम्प्टन स्ट्यान्ड फ्यानले शीतल हावा परिसंचरण गर्छ। स्ट्यान्ड फ्यान वर्गमा क्रम्प्टनसँग गेल क्लासिक, हाई फ्लो नियो, स्टोर्म २ र ब्रिजस्टार फराटा रहेका छन्।
क्रम्प्टनका एक्सहस्ट फ्यान आधुनिक घरपरिवार र व्यावसायिक स्थानको विविध आवश्यकता पूरा गर्न निर्माण गरिएको कम्पनीले जनाएको छ। यसमा, क्रम्प्टनको ड्रिफ्ट एयर प्लस (मेटल बडी र मेटल ब्लेडसहित) जुन ६, ९ र १२ इन्च साइजमा उपलब्ध छ भने ब्रिस्क एयर नियो (टिकाउका लागि हल्का बडी) जुन ६, ८ र १० इन्च गरी तीन साइजमा उपलब्ध छन्।
त्यसैगरी डेसर्ट एयर कुलरमा अप्टिमस ६५, कूल ब्रिज ड्याक ५३/८०, ओजोन ५५/७५, ओजोन क्लासिक एच ५५, जेलस ड्याक २८/४३, गेल ड्याक ६०÷९०; टावर एयर कुलरमा, अप्टिमस निओ ३५/३५आइ/५२; पर्सनल एयर कुलरमा, जेडी प्याक २२/३५ र विन्डो एयर कुलरमा अप्टिमस क्लासिक ७० मोडल बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ। गर्मी मौसममा पंखाका साथै क्रम्प्टनको कुलर माग बढिरहेको कम्पनीको भनाइ छ।