काठमाडौं। सामसुङ नेपालले ग्यालेक्सी एम५५ ५जी मोबाइल सार्वजनिक गरेको छ। सामसुङको ग्यालेक्सी एम सेरिजका नवीनतम विशेषताले प्रयोगकर्तालाई स्मार्ट फोन अनुभव, सुपर एमोलेटेड प्लस डिस्प्ले, धेरै टिक्ने ब्याट्री र शक्तिशाली प्रोसेसर उपलब्ध गराउने कम्पनीले जनाएको छ।
ग्यालेक्सी एम५५ ५जीमा आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेसन, ७.८ एमएमको चौडाइ, सुपर स्लिक र हल्का वजनले यसको प्रयोगलाई झनै सहज बनाउने कम्पनीको दाबी छ। स्मार्ट फोन हरियो र कालो रंगमा बजारमा उपलब्ध गराइएको छ।
५००० एमएएच ब्याट्री भएको ग्यालेक्सी एम५५ ५जीले विस्तारित ब्राउजिङ, गेमिङ र बिन्ज बाचिङ सेसनोका लागि लामो समयसम्म चल्ने पावर प्रदान गर्दछ।
१२० हट्ज रिफ्रेस रेट भएको ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेटेड प्लस डिस्प्लेका साथ ग्यालेक्सी एम ५५ ५जीले उच्च गुणस्तरको इमर्सिभ दृश्य देखाउने कम्पनीको भनाइ छ।
मोबाइलमा उच्च रिजोल्युसन, सेक–फ्री भिडियो र फोटाका लागि ५० एमपी नो सेक क्यामेरा, नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजरलगायत एआई इन्ह्यान्सड सुविधा रहेको कम्पनीले बताएको छ।
कम्पनीले ग्यालेक्सी एम५५ ५जीको ८/२५६ जीबी संस्करणको मूल्य ४८ हजार ९९९ र १२/२५६ जीबी संस्करणको मूल्य ५३ हजार ९९९ रुपैयाँ तोकेको छ।
देशभरका आधिकारिक सामसुङ स्टोर र सामसुङ इन्टा फाइनान्स सेवासहित मोबाइल सेट खरिद गर्न प्रतिमहिना २ हजार ४४९ रुपैयाँबाट शून्य प्रतिशत ब्याजदरमा सजिलो इएमआईमा पाउन सकिने कम्पनीले जनाएको छ।