काठमाडौं। आईभीएफ वात्सल्य नेचुरलले एक महिनामै १२९ दम्पतीलाई सन्तान सुख दिएको छ। वात्सल्य नेचुरलले आईभीएफ र आईयुआईको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ। यसै क्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतीलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिए।
वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आईभीएफको औसत सफलता ७०. ८८ प्रतिशत रहेको उनले बताए। जबकि विश्वव्यापी रुपमा आइभीएफको औसत सफलता ३० देखि ६० प्रतिशत रहेको बताइन्छ। पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ जना दम्पतीलाई सन्तान सुख दिएको उनको भनाइ छ।
यादवले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभए एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोही सेवा दिइरहेको बताए। सामान्य भाषामा यसलाई प्रविधिको मध्यमबाट सन्तान प्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिने यादवको धारणा छ।
आईयुआईअन्तर्गत महिलामा कुनै गडबडी नभए पुरुषको शुक्रकिटलाई वास गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ।
त्यस्तै, आईभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट एवं डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्य रुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ। यसले गर्भनली बन्द भएका वा कुनै प्रजनन अंगमा समस्या भएका महिलाले पनि सन्तान पाउन सक्छन्।
वात्सल्य नेचुरलले अहिलेसम्म आइयुआई प्रविधिबाट २००० र आईभीएफ प्रविधिबाट ४००० दम्पतीलाई सन्तान सुख दिइसकेको यादवले बताए।
वात्सल्य नेचुरलले काठमाडौंसहित नेपालगन्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले जानकारी दिए।