काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले विभिन्न प्रयोजनका लागि भारत, चीन र बंगलादेश जाने ग्राहक आवश्यकतालाई ध्यानमा राखेर आकर्षक बोर्डर रोमिङ प्याक सार्वजनिक गरेको छ।
प्याकले ग्राहकलाई यी गन्तव्यको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सधैं अन बसेरमा सम्पर्कमा रहिरहन मद्दत गर्ने कम्पनीले जनाएको छ।
प्याक सुचारु गर्नेबित्तिकै ग्राहकले डाटा प्रयोग सम्पर्कमा रहन तत्कालै ५०० एमबी बोनस डेटा प्राप्त गर्न सक्नेछन्। ग्राहकले यो प्याक करसहित १०० मा सुचारु गरी ३ दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्छन्। यो प्याकले सीमावर्ती सहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने कम्पनीको भनाइ छ।
यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकलाई पनि विशेष महत्त्व राख्छ। व्यापार व्यवसाय, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने ग्राहकलाई पनि यो प्याक महत्त्वपूर्ण हुने कम्पनीले जनाएको छ।
यो प्याक लिनेबित्तिकै बिनाकुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ। भारतको हकमा ग्राहकले इनकमिङ कल उठाउन र भारतमा कल गर्न पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन्।
यसको मतलब ग्राहकले करसहित मात्र १६.४८ प्रतिमिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन्। पेएजयूगोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ करसहित ६.३४ मा एसएमएस पठाउन सक्छन्।
चीन र बंगलादेशको हकमा ग्राहकले बोनस रोमिङ डेटा प्रयोग सम्पर्कमा रहन सक्छन् र विद्यमान दर र शुल्कमा अन्य सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।