काठमाडौं। टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ। नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्ट र रेसिङ डिएनए अनुरुप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसको न्यूजेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरका लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ। टीभीएस अपाचे आरटीआर १६० मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर वृद्धि भएको कारणले सहज सवारी अनुभवका लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको जनाएको छ।
२००५ मा पहिलो पटक लन्च गरिएको टीभीएस अपाचे ६० भन्दा बढी देशमा बलियो उपस्थितिको साथ संसारभरि सबैभन्दा छोटो समयमा प्रख्यात स्पोर्ट्स ब्रान्ड भएको छ।
२०२४ टीभीएस अपाचे आरटीआर १६०मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ, जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीका बीच उत्कृष्ट विकल्प बनाएको छ।
मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ। यजले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुतुुथद्वारा सञ्चालित स्मार्ट एक्स कनेक्ट टीएमसहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ। यी सबै सुविधासहित २०२४ टिभिएस अपाचे आरटीआर १६० नेपाली बजारमा उल्लेखनीय प्रभाव पार्ने तयारीमा प्रस्तुत भएको कम्पनीले जनाएको छ।
आरटीआर ओभरस्क्वायर न्यूजेन इन्जिनद्वारा सञ्चालित २०२४ टीभीएस अपाचे आरटीआर १६०मा चार वटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, दुई भल्भ सोक एयर–कुल्ड इन्जिन रहेको छ। यसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क दिने कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका अनुसार डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ।
टीभीएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने, ‘नेपालमा द्रुत वृद्धि भइरहेको अपाचे ओनर ग्रुपको उत्साह र समर्थन असाधारण रहेको छ, जसमा अहिले विश्वभर ५० लाख बढी सदस्य संग्लग्न छन्।
२०२४ टीभीएस अपाचे आरटीआर १६० – म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरी पाँच वटा रंगमा उपलब्ध हुनेछ। इो बाइकको मूल्य ३,०५,९०० रहेको छ।