काठमाडौ । नेपाल भ्रमण बर्षलाई भब्यताका साथ मनाउने तयारीमा अहिले नेपाल सरकार लागेको छ । तर, पर्यटक भित्र्याउने एक मात्र सरकारी कार्यालय नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी यूनियन भने हवाई सेवा ठप्प बनाउने घोषणा गर्दैछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याए हवाई सेवा समेत बन्द गर्ने नेपाल उड्डयन प्राधिकरण आधिकारीक कर्मचारी ट्रेड युनियनले चेतावनी दिएको छ । युनियनले बुधबार बुधबार पत्रकार सम्मेलन गर्दै हवाई सेवा समेत बन्द गराउने चेतावनी दिएको हो ।
क्यानलाई नियामक निकाय र सेवा प्रदायक निकाय गठनसँग सम्बन्धित ऐनका मस्यौदा निर्माणमा कर्मचारीहरुलाई वेवास्था गरेको भन्दै युनियनले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
प्राधिकरणको आधिकारीक कर्मचारी ट्रेड युनियन र अन्यप्रतिष्ठान स्तरका क्रियाशिल ट्रेड युनियनले विभिन्न विज्ञप्ती तथा ज्ञापनपत्रहरु मार्फत समय समयमा सचेत गराउदा पनि एकलौटी रुपमा मस्यौदा तयार पारेको कर्मचारीहरुको आरोप छ ।
कर्मचारीहरुसँग छलफल नगरी एक्लौटी रुपमा विद्येयकको मस्यौदा तयार पारेको भन्दै कर्मचारीहरुले कालो पट्टि बाध्ने, पेन डाउन गर्ने देखी महानिर्देशकको कार्यकक्ष घेराउसम्मको कार्यक्रम बनाएको छ । यसरी आन्दोलन गर्दा पनि सम्बन्धित निकायले चासो नदेखाए प्राधिकरणका सम्पूर्ण सेवाहरु ठप्प पार्ने कर्मचारीहरुले चेतावनी दिएको छन् ।
युनियनका अध्यक्ष श्रवणकुमार यादवले संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि यस विषयमा चासो नदेखाएको आरोप लगाए । मन्त्रीहरु समेत केहि व्यक्ति र संस्थाको प्रभावमा परेको उनको आरोप छ । क्यानलाई दुई ओटा बनाउदैमा युरोपियन युनियन(ईयु)को कालो सूचीबाट नहटने उनको जिकिर छ ।