काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बिमा योजनाको अनावरण गरे। योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा बिमाले दिने सीईओ पराजुलीको छ।
‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ नारासहित सार्वजनिक गरिएको बालबालिकासम्बन्धी सावधिक जीवन बिमामा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिनपछि) देखि १७ वर्षसम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्षदेखि ६५ वर्षसम्म रहने कम्पनीले जनाएको छ।
न्यूनतम बिमाशुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बिमाशुल्क भुक्तानी अवधि २५ वर्षसम्म हुनेछ। योजनाको न्यूनतम बिमांक रकम २५,००० तथा अधिकतम बिमांक रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिने कम्पनीले बताएको छ।
योजनामा बालबालिकाको बिमा प्रारम्भ भएको मितिले २ वर्षपछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भएपछिको बिमालेखको वार्षिकोत्सव वा जुन अगाडि आउँछ, सोहीदेखि जोखिम प्रारम्भ हुनेछ।
बिमा अवधिभित्र जुनसुकै समय बालबालिका छँदै प्रस्तावकको मृत्यु भए बाँकी अवधिको बिमाशुल्क मिनाहा गरी बिमालेखलाई निरन्तरता दिइनेछ। योजनामा वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त गर्न सकिनेछ।