काठमाडौं। नेपालमा टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।
कम्पनीले ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतलाई ध्यानमा राखेर आईक्यूबमार्फत नेपालमा इलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ।
ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्यूबका ग्राहकले ७०% एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्नेछन्।
नेपालमा टीभीएस आईक्यूब र टीभीएस आईक्यूब एस गरी दुई मोडल उपलब्ध हुनेछन्। ग्राहकले मात्र २,९९,९०० मा टीभीएस आईक्यूब खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
टीभीएस आईक्यूबका दुईपांग्रे सवारीसाधनले नेपालमा ४,११,००० किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको र वातावरणमा २३,७६२ किलो कार्बन उत्सर्जन हुन रोकेको जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले बताए।
आईक्यूबले ग्राहकलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिने उनको भनाइ छ। नेपालमा ३३ डिलरमा उपलब्ध आईक्यूबको मूल्य २,९९,९०० बाट सुरु हुनेछ।