काठमाडौं। शाओमीले नयाँ वर्ष अवसरमा सार्वजनिक गरेको ‘नयाँ साल–नयाँ नोट’ नामक विशेष अफरलाई निरन्तरता दिएको छ। कम्पनीले शाओमी फ्यानको अनुरोधलाई सम्बोधन गर्दै यो अफरलाई निरन्तरा दिने निर्णय गरेको हो।
रेड्मी नोट १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसनसहित शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।
योजनाअनुसार रेडमी नोट १३ को खरिद गर्ने ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्छन्। रेडमी नोट १३प्रो प्लस ५ जी खरिद गर्ने ग्राहकले रेडमी बड्स ४ एक्टिभ १,६९९ मा वा रेड्मी वाच ३ एक्टिभ ३,४९९ रुपैयाँ मा प्राप्त गर्न सक्छन्। अफरअन्तर्गत रेडमी नोट १३प्रोका दुवै भेरियन्टमा भारी छुट व्यवस्था छ।
कम्पनीका अनुसार ८ जिबी प्लस २५६ जिबी भेरियन्ट अब नेपाली बजारमा ३२,९९९ मा उपलब्ध छ, जसको वास्तविक बजार मूल्य ३४,९९९ रुपैयाँ थियो।त्यसैगरी १२ जिबी प्लस ५१२ भेरियन्ट ३५,९९९ मै उपलब्ध छ, जसको बजारी मूल्य ३९,९९९ रुपैयाँ थियो।
ग्राहक मागअनुसार अफर लम्बाइएको र रेडमी नोट १३ मार्फत नवीन प्रविधि पहुँच ग्राहकमाझ उपलब्ध गराउने प्रयास निरन्तर रहने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले बताए। कम्पनीले यो अफर वैशाख १८ सम्म जारी रहने जनाएको छ।