काठमाडौं। जी मोटर्सले आधिकारिक बितरकको रुपमा चिनियाँ ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ईभी ‘ईटी५’ नेपालमा सार्वजनिक गरेको छ। ६२० किमि रेन्ज दिने उक्त गाडी बिहीबार सार्वजनिक भएको हो। यो गाडीले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।
नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्सियल कन्सुलर सीयु, स्काईवेल न्यू इनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जु र जी मोटर्सका अध्यक्ष दुर्गाप्रसाद गेलालले संयुक्त रुपमा सोरुम उद्घाटन गरी गाडी सार्वजनिक गरिएको थियो।
जी मोटर्स प्रालिले विश्व प्रसिद्ध चिनियाँ ब्रान्ड ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ईभी एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ। जी मोटर्स स्काईवेलको आधिकारिक बिक्रेता हो। ६२० किमि रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ प्राप्त रियल ईभी एसयूभी जी मोटर्सको राधेराधे भक्तपुरस्थित स्काईवेल सोरुम उद्घाटनका साथै ९ थान गाडी ग्राहकमाझ डेलिभरी गरिएको कम्पनीले जनाएको छ।
नाडाबाट औपचारिक बुकिङ एंव ब्रान्डको बिक्री सुरुआत गरेको जी मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवं नेपालमै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमि दूरी एक सिंकल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने दाबी छ गरेकाे छ।
गाडी सार्वजनिक अवसरमा १ वर्षको निःशुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाखभर रहेको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए।
विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो। स्काईवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की, रसियालगायत ५८ बढी देशमा बिक्री हुँदै आएका छन्।
स्काईवेल इटी५ प्रिमियमका विशेषता
८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
१५० किलोवाट मोटर क्यापासिटी
क्यानासिपी–फाइभ स्टार सेफ्टी
६२० किमि रेन्ज र्फस्ट टाइम इन नेपाल
अटो पार्किङ
मेट्रिक्स लेजर हेडलाइट
मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
फूल साइज प्यानारोमिक सनरुफ र मुनरुफ
लक्जरी टुलेभल फोल्डेबल रियर सिट
स्काईवेल ईटी५ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ। स्काइवेल ईटी५मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।
स्काइवेल ईटी५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम श्रेणी प्रदान गरेको छ। यसको टपस्पिड १६० प्रतिघन्टा भन्दा बढी रहेको छ, जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राइभिङ अनुभूति दिलाउनेछ।
स्वाइवेल ईटी५ मा प्यानारोमिक सनरुफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।स्काईवेल ईटी५ को नेपाली बजार मूल्य १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ।
जी मोटर्सले काठमाडौं र इटहरीमा ८ बढी सोेरुमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ। पछिल्लो समय विद्युतीय सवारी प्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्काईवेल ब्रान्ड आधिकारिक रूपमा ल्याएको हो।