काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्ट्सबीच व्यावसायिक सहकार्यका लागि सम्झौता गरिएको छ।
सोल्टी होटेल्स तथा रिसोर्ट्सको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरुले इसेवाबाट सोल्टी होटेल्स तथा रिसोर्ट्सको कुनै पनि होटलमा बसाई बुकिङ तथा खानपानबापत क्यासब्याक र लोयाल्टी पोइन्ट पाउने गरी दुई संस्थाबीच सम्झौता गरिएको हो।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिम पीक इन्टरनेशनल प्रालिका सञ्चालक तथा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे। सो क्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले सोल्टी होटलले आफ्ना प्रयोगकर्तालाई केन्द्रमा राखेर रिवार्ड पोइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्यसत्कार क्षेत्रका लागि उदाहरणीय कार्य गरेको बताए।
प्रविधिको सहयोगले प्रयोगकर्तालाई फराकिलो सेवा दिनुले सेवाग्राहीलाई निकै सहज र सरल हुने उनको भनाइ थियो। सोल्टी होटल र इसेवाको सहकार्यले पर्यटकहरुलाई निकै सजिलो र सहज हुने उनले बताए। ‘लोयाल्टी पोइन्टद्वारा इसेवा प्रयोगकर्ताहरुको लागि अब होटल तथा खानपानका लागि रेष्टूराँ बुकिङमा थप सहजीकरण र फाइदाजनक हुने भएको छ,’ उनले भने।
सोल्टी होटलका उपाध्यक्ष चापागाईंले इसेवाले आर्थिक क्षेत्रमा गरेको योगदानले नेपाल तथा नेपालीहरुबाट हुने कारोबारको प्रक्रियालाई निकै नै सहज बनाएको बताए। इसेवा र सोल्टी होटेल्स तथा रिसोर्ट्सको सहकार्यले सोल्टीको लोयल्टी पोइन्ट प्रयोगकर्तालाई धेरै सजिलो हुने उनको भनाइ छ।
इसेवाका प्रयोगकर्ताहरुले पनि सोल्टी होटेल्स तथा रिसोटर््सका विभिन्न सेवा सुविधाहरुको प्रयोगबाट सोल्टीको लोयल्टी प्रोग्राममा आबद्व हुन पनि बाटो खुलेको उनले बताए। ‘इसेवाबाट सोल्टी होटेल्स तथा रिसोर्ट्सका सबै होटलहरुमा सहजै बुक गर्न मिल्नेछ,’ उनले भने।