काठमाडौं। शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालि भारतीय वेरेबल ब्राण्ड बोल्टको आधिकारिक विक्रेतामा नियुक्त भएको छ। त्यसका लागि दुई संस्थाले सम्झौता गरेका छन्।
सम्झौताअनुसार अब जगदम्बा मोइल्सले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास बोल्टले लिएको छ।
उपभोक्ताको आवश्वकताअनुसार स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेको जगदम्बाले बताएको छ।
बोल्टका स्मार्टवाचअन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध छन्। त्यस्तै टिडब्लुएस् इयरबड्स्अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७०रएक्स ४५ मोडलहरु उपलब्ध छन्।
यसबारे बोल्दै जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जाटियाले भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँग सहकार्य गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए। सहकार्यले ग्राहकलाई नवीनतम प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाएको उनले बताए।
त्यस्तै बोल्टका सहसंस्थापक वरुण गुप्ताले जगदम्बा मोबाइल्स प्रालिसँग विशेष सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए। सहकार्यले नेपाली युवालाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने साझा प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको उनको भनाइ थियो।