काठमाडौं। नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ।
कम्पनीले १८ रुपैयाँमा १ दिनसम्म नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध गराएको छ। ३५ रुपैयाँमा २ घण्टा सम्म प्रयोग गर्न सकिने अनलिमिटेड डेटा प्याक उपलब्ध छ। यीबाहेक विभिन्न दरका भ्वाइस, डाटा र एमएमएस प्याकसमेत उपलब्ध रहेको टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट र ५ सय ३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ। ३५ दिनसम्म जुनसुकै समय र जुनसुकै नेकवर्कमा पनि उपलब्ध गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५९९ रुपैयाँमा उपलब्ध हुनेछ।
यसैगरी डाटा प्याकेजअन्तर्गत २४ रुपैयाँमा १ घण्टा भ्वाइस र डाटा प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज खरिद गरे एक घन्टासम्म कम्पनीकै नेटकर्वमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ।
त्यसैगरी २० रुपैयाँमा १ दिन चलाउन सकिने ३ जिबी डाटा प्याक ८० रुपैयाँमा ३ दिनसम्म चलाउन सकिनेछ। त्यस्तै १०९ रुपैयाँमा ७ दिन ३ जिबी डाटा प्याक उपलब्ध हुनेछ। यी बाहेक ३९९ मा २८ दिनसम्म चलाउन सकिने १३ जिबी डाटा प्याकसमेत उपलब्ध छ।
यसैगरी प्रिपेड तथा पोस्टपेड उपलब्ध सजिलो अनलिमिटेड प्याक परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जक्युटिभ प्याक सञ्चालन भएको छ। जीएसएम टुजी तथा थ्रीजी सिम प्रयोगकर्तालाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइनेछ।
यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजी एक्टिभेट गरे ३ जिबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एमएमएस सुविभा उपलब्ध हुनेछ।