काठमाडौं। नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा १५१ भन्दा बढी ओमोडा गाडी बिक्री गरेको छ। बुकिङ भएको १५१ भन्दा बढी गाडीको हस्तान्तरणसँगै काठमाडौंको उत्तरढोकास्थित ओमोडाको शोरुमको औपचारिक उद्घाटन पनि सोमबार नै गरिएको कम्पनीले जानकारी दिएको छ।
प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत सोङ चेन, शारडा ग्रुपका अध्यक्ष एसआर शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङलगायतको उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो।
कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरुलाई चेन सोङद्वारा गाडीको कि (साँचो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, 'औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरी २०२४ मा नेपालमा बुकिङ खुल्ला गरिएको थियो।
नेपालका मात्रै चार सयभन्दा बढीको बुकिङ भइसकेको र १५१ बढी गाडी हाल नेपाली सडकमा गुडिरहेका छन्। नेपाली ग्राहकहरूमाझ फ्यूचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा हामी उत्प्रेरित र उत्साहित छौँ।'
लन्च भएको केही महिनाभित्रै ओमोडाले ग्राहकवर्गबाट अत्यधिक साथ पाई प्रतिस्पर्धीको तुलनामा सर्वाधिक रुचाइएको गाडीको रूपमा उभिएको उनको भनाइ थियो। विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधिसहित छलाङ मार्दै, एसपिजि अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त 'ओमोडा इ फाइभ' मोडल लन्च गरिएको बताएको छ।