काठमाडौं। कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन चोकोफन जोय बजारमा ल्याएको छ। चोकोफन जोय नेपालकै प्रथम स्क्वायर माउल्डेड चकलेट हो, जुन न्यून मूल्यमा उपभोक्तामाझ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
विगतमा विदेशी चकलेटमा निर्भतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्च कोटिको चोकोफन जोय उपभोग गरी चकलेटको मजा लिन सकिने कम्पनीले जनाएको छ।
वर्गाकार आकारमा, कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण चोकोफन जोय स्वादिष्ट रहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार चोकोफन जोय मुखमा राख्नासाथ पग्लिन्छ र आनन्दानुभूति दिन सक्छ।
गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको चोकोफन जोयको डिजाइन आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले यसको प्याकेजिङलाई अझ बढी उत्कृष्ट र आकर्षक देखाएको कम्पनीको दाबी छ।
चोकोफन जोय जार र बक्स दुवैमा उपलब्ध छ भने दुवैमा उत्पादनका विशेषता स्पष्ट रूपमा राखिएको कम्पनीले जनाएको छ। चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। चोकोफन जोय १० रुपैयाँ अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथफुल साइजमा बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ।
आइएसओ २२०००ः२०१८ प्रमाणित सुजल फुड्स लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो। सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर, बबलगम, ललीपप, टफी, क्यान्डीलगायत उत्पादन गर्दै आएको छ।