काठमाडौं। शिवम् सिमेन्टले नेपाली सिमेन्ट क्षेत्रमा इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल भएको छ।
अत्याधुनिक प्रविधि र दशकौंको अनुभवका साथ आफ्नै खानीको चुनढुंगाबाट निर्मित ओपिसी सिमेन्ट उत्पादन गर्दै उपभोक्ता विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणका लागि सेयर जारी गर्ने नेपालको पहिलो कम्पनी हो।
शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो।
कम्पनीले ओपिसी सिमेन्ट बिक्रीमा पहिलो स्थान प्राप्त हुनुलाई उपभोक्ता, बिक्रेता, सेयरधनी, नियामक निकायको साथ र सहयोग महत्त्वपूर्ण रहेकाले नयाँ वर्ष अवसरमा धन्यवाद व्यक्त गरेको छ।
सन् २००३ मा मकवानपुरको हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुंगा प्रयोग गरी दैनिक ३००० टन ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामिलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’ जस्ता नारासहति कम्पनीले गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवा दिँदै आएको छ।