काठमाडौं। ख्वपः कलेज र आइडिया स्टुडियो नेपालबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। ख्वपः कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र आइडिया स्टुडियो नेपाल (आईएसएन) का कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले ख्वपः कलेज भक्तपुरमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यो रणनीतिक साझेदारी ख्वपः कलेजका संकाय र विद्यार्थीहरूको उद्यमशील शिक्षा र मानसिकता प्रवर्द्धन गर्न गरिएको हो। यो सहकार्य सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्न गरिएको जनाइएको छ।
हस्ताक्षरका क्रममा छिरिङ लामाले ख्वपः कलेजमा इन्क्युबेसन सेन्टर स्थापना गरी उद्यमशीलताको मानसिकता विकास गर्न र इच्छुक उद्यमीहरूलाई सक्षम बनाउन यो महत्वपूर्ण पहल भएको बताए। ज्ञानमा आधारित नीति र सामाजिक/हरियो व्यावसायिक अभ्यासहरूको दृष्टिकोण यस सहकार्यमार्फत उदाहरणीय भइरहेको उनले बताए।
उनले भने, ‘हाम्रो फोकस र दृष्टिकोण सधैं उच्च शिक्षा संस्थाहरूलाई नेपालका आकांक्षी उद्यमीहरूलाई सक्षम बनाउँदै समाजको सन्दर्भ आवश्यकतालाई सम्बोधन गर्न व्यवसाय इन्क्युबेसन सेन्टरहरू स्थापना गर्न सक्षम बनाउनमा रहेको छ। आजको व्यवसाय ज्ञानमा आधारित, सन्दर्भबद्ध र विश्वव्यापी रूपमा सान्दर्भिक हुनुपर्छ।’
ख्वपः कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ आइडिया स्टुडियोसँगको साझेदारीले आर्थिक वृद्धि र नवाचारलाई प्रोत्साहन गर्ने साझा मिसनमा महत्त्वपूर्ण कदम चाल्ने बताए।
उनले भने, ‘ख्वपः कलेज आइडिया स्टुडियोसँग काम गर्न उत्सुक छ । यो पहलले आर्थिक वृद्धि र नवाचारलाई प्रोत्साहन गर्ने हाम्रो साझा मिशनमा महत्त्वपूर्ण कदम अगाडि बढाउँछ। यस सहकार्यको माध्यमबाट हामीले नवप्रवर्तनको संस्कृति खेती गर्ने र इच्छुक उद्यमीहरूलाई सफल हुन आवश्यक पर्ने सीप र स्रोतहरूद्वारा सशक्त बनाउने लक्ष्य राखेका छौँ।’