काठमाडौं । पाटा च्याप्टर नेपालको अध्यक्षमा बिभुति चन्द ठाकुर चयन भएका छन । पाटा नेपालको ४३ औं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
बुधबार भएको साधारण सभाले निर्वतमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपालपर्यटन बोर्ड) द्धितिय उपाध्यक्ष टङकनिधि दाहाल (नेपाल वायु सेवा निगम) महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन ।
त्यसैगरी, कार्यसमितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः महानिर्देशक डण्डुराज घिमिरे (पर्यटन विभाग), महानिर्देशक राजन पोखरेल (नागरिक उड्यन प्राधिकरण), कृष्णगोपाल जोशी (नेपाल वायु सेवा निगम) र श्रदा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) रहेका छन् । साथै ७ सदस्यहरु नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केसी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिडभ्याली इन्टरनेश्नल कलेज), टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड टुर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिका राम सापकोटा (नेपाल भ्याकेसन) र राम बाराकोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन ।
पाटा नेपालले कार्यसमितिमा लाक्पाफुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलकुमार भुसाल (प्रिमियर होटल स्कुल), लिला भण्डारी ( गोइङ नेपाल), सञ्जयभक्त माथेमा (एसडियू ट्राभल), पृथ्वी श्रेष्ठ (नेपाल खाजे ट्राभल) र कूलप्रसाद सुवेदी (हिमालयन स्माइल ट्रेक्स) सहित बैकल्पिक पदाधिकारी तथा सदस्यहरु समेत चयन गरेको छ ।