काठमाडौं । नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा निरन्तरता दिने युरोपियन यूनियनको निर्णयसँगै उद्घाटन समारोह शुरु हुन २० दिन मात्र बाँकी रहेको नेपाल भ्रमण बर्षलाई ठूलो धक्का लागेको छ ।
योसँगै, भ्रमण बर्षमा जसरी भएपनि नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रतिबद्धतामा तुसारोपात लागेको छ । ईयुकै मापदण्ड अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)लाई दुई निकायमा छुट्टयाउन सरकार लागिरहेको छ ।
सेवा प्रदायक र नियामक सस्था एउटै हुँदा समस्या भएको भन्दै ईयुले लामो समय देखी क्यानलाई दुई निकायमा विभाजन गर्न सुझाव दिदै आएको थियो । सोहि अनुसार अहिले क्यानलाई दुई निकाय बनाउन आवश्यक ऐन तयार भएर मन्त्री परिषदमा पु¥याइएको छ । ईयुले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।
ईयुले हरेक ६÷६ महिनामा यस्तो सूचीको अपडेट गर्छ । यो पटक पनि कालोसूचीबाट नहटेपछि अझै ६ महिना सोहि सूचीमा रहने निश्चित भएको छ । भ्रमण बर्षभर नै नेपाली आकाश इयूको कालोसूचीमा रहने सम्भावना भएपछि नेपाल आउने पर्यटकहरु प्रभावित हुने होटल एशोसियशन अफ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनी भन्छन् ‘युरोपका पर्यटकहरु नेपाल आउँदा सबैभन्दा समस्या इन्स्योरेन्समा हुन्छ । सोहि कारण युरोपियनहरु नेपाल नआउन पनि सक्छन् ।’
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलपनि क्यानलाई दुई ओटा निकाय बनाउन ढिला भएकै कारण कालोसूचीबाट नहटाइउको स्वीकार गर्छन् । उनले भने ‘गत वर्ष भन्दा यो वर्ष नेपालको हवाई क्षेत्रको दुर्घटना क्रम घटेको र ईयुले भनेका सबै टुल्सहरु प्रयोग गरिरहेका छौ ।’ तर, क्यानका महानिर्देशक राजन पोखरेलले ईयुले नेपाललाई कालोसूचीाट हटाउने विषयमा छलफलनै नभएको बताए ।
अहिले क्यानको सेवा प्रदायक र नियमन गर्ने निकाय छुट्टा छुट्ै बनाउने ऐन को मस्यौदा मन्त्री परिषदमा पुगेको छ । इयु त्यहि निर्णय पर्खिएर बसेको उनको जिकिर छ । दुई ओटा निकायमा विभाजन भएपछि ईयुको प्रतिनिधि नेपाल आएर अडिट गर्छन् । सोहि आधारमा कालोसूचीबाट हट्ने वा नहट्ने टुंगो लाग्छ । उनले भने ‘अहिलेको समस्या दुर्घटनाको दर भन्दा ऐनको मस्यौदाको कारण हो ।’