काठमाडौं । आमाडाबलाम हिमालको शिखरमा पर्वतारोहीहरुको एक टोलीले कुवेती झण्डा फहराएपछि यस विषयमा सरकारले अनुसन्धान सुरु गरेको छ ।
कुवेतको उक्त टोलीले यसअघि आफ्नो मुलुकको झण्डा मिरा हिमालसहित अन्य केही हिमालमा लिएर गएको थियो । आकासमा यति आकारको ठूलो झण्डा थिएन । झण्डाको आकार १० हजार ८३० मिटर र १५० किलोग्राम तौलको छ ।
बीचमा हिउँको रंग एक छेउमा हरियो र अर्को छेउमा रातो रंग रहेको उक्त झण्डा आमाडबलम हिमालको शिखरमा झुण्डिएको छ । झण्डालाई छ टुक्रामा बोकेर पर्वतारोहीहरुले शिखरमा पुर्याएका थिए ।
एलिया साईक्ले नामका एक व्यक्तिले उक्त दृश्यलाई आफ्नो इन्स्टाग्राममा नोभेम्बर ११ मा पोस्ट गरेका थिए । एलिया एउटा फिल्म निर्माणकर्ता भएकोले उनले उक्त दृश्यलाई वृतचित्रमा समावेश गरेका छन् ।
पर्यटन पर्वतरोहण विभागको निरीक्षण शाखाकी उपसचिव मीरा आचार्यले उक्त विषयमा अनुसन्धान भईरहेको बताइन् । त्यति ठूलो झण्डा लिएर आरोहण गर्नका लागि ती कुवेती पर्वतारोहीहरुले अनुमति नलिएको र उनीहरुले नियम तोडेको पाइएमा कारावाही गर्ने उनले बताइन् ।
नेपालका निर्मल पनि उक्त पर्वतारोण टोलीसँग थिए । उनले झण्डा बोकेर लगिएको र हिमालमा टांगिएको कुनै उल्लेख गरेका छैनन् ।
पर्वतारोहीहरुले आश्चर्यपूर्ण स्टन्ट तथा अरुको रेकर्ड तोड्ने होडमा विभिन्न किसिमका अनैतिक तथा गैरकानुनी कार्यहरु गर्दै आईरहेका छन् । प्रकृतिको स्वरुप नबिगार्न तथा स्वच्छ राख्न हिमालबाट स्मृति लिएर फर्किने तर पदचिन्ह बाहेक केही छोड्न नहुने विश्वभरी मान्य रहँदै आइएको छ ।
कसैले त्यस्तो कार्य गरेर त्यसको कृति फैलाउने होडमा त्यस्तै कार्य गर्न अरुलाई थप प्रोत्साहन हुने र हिमालको सुन्दर स्वरुप बिग्रने भन्दै यस घटनाले नेपालमा विवाद उत्पन्न गराएको छ ।
हिमालमा झण्डा झुण्डाएको तस्वीरसहित सामाजिक सञ्जालमा प्रचारप्रसार गरेपछि विश्वभरीबाट त्यस्ता पोस्टहरुको भत्र्सना भएको छ ।
कुवेत टोलीको पर्वतारोहणको जिम्मा लिएको एजेन्सीले उक्त झण्डा छोटो समयको लागि फहराईको बताएको छ । त्यसलाई उनीहरुले तल झारे नझारेको तथा त्यसको लागि अनुमति लिएको नलिएको विषयमा स्पष्ट पारेको छैन ।