काठमाडौं । सेयर बजारमा मूल्य उतारचढावका हिसाबले सबैभन्दा झुर कम्पनीका रुपमा मानिन्छ, एनएमबी बैंक । अर्थात् सेयर लगानीकर्ताको आकर्षणमा भने एनएमबी प्रायः पर्दैन ।
पछिल्लो बढ्दो सेयर बजारमा पनि वाणिज्य बैंकहरुको मूल्य खासै बढेको पाइँदैन । बैंकहरुको मूल्य नबढेको भनेर लगानीकर्ताको एक प्रकारको आक्रोश सामाजिक सञ्जालमा देख्न पाइन्छ । त्यसमध्ये पनि एनएमबीको मूल्यमा खासै उतारचढाव आउँदैन ।
गत पुस २२ गते एनएमबी बैंकले २६ औं वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेको छ । विगतमा पनि राम्रो लाभांश दिँदै आएको बैंकले सेयर बजारमा प्रभुत्व नजमाए पनि वित्तीय क्षेत्रमा भने एकपछि अर्को सफलताको सिँढी चढ्दै गइरहेको छ ।
२०६५ जेठ १७ मा २६ औं वाणिज्य बैंकको रुपमा एनएमबीले औपचारिक कारोबार सुरु गरेको थियो । वाणिज्य बैंकको कारोबार सुरू गरेकै वर्ष एनएमबीले आर्थिक वर्ष २०६४÷६५ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिएर लगानीकर्ताप्रति उत्तरदायी भएको संदेश दिएको थियो । एनएमबी लगानीकर्तालाई अधिकतम ३५ प्रतिशतसम्म लाभांश दिएको छ ।
वित्त कम्पनीबाट बैंक बन्दाको चुनौतिपूर्ण क्षण
फाइनान्स कम्पनीलाई बैंक बनाउनुु कम चुनौतीपूर्ण थिएन । १३ करोड रूपैयाँ चुक्ता पुँजी भएको र एउटा कार्यालयबाट सेवा दिइरहेको संस्थालाई १ अर्ब पुँजीको कम्पनीमा परिणत गर्नु सहज थिएन । तर, सञ्चालक समितिको ‘बोल्ड निर्णय’ र व्यवस्थापकको सकारात्मक पहलबाट सम्भव भयो ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले पुँजी पुुगेको खण्डमा स्तरोन्नति गर्न रोकेको थिएन । ‘कानुनी अड्चन नदेखिएपछि सञ्चालक समितिले फाइनान्सबाट एकैपटक वाणिज्य बैंक बनाउने निर्णय ग¥यो’ एनएमबीका सीइओ (हाल नबिल बैंक अध्यक्ष) उपेन्द्रप्रसाद पौडेलले भने, ‘मैले गभर्नर विजयनाथ भट्टराईलाई भेटें र सबै कुरा बताएँ ।
तर, एकैपटक दुई तह माथि जान हुँदैन भनेर गभर्नरले भन्नुुभयो ।’ अनि मैले भनें, ‘आज कसैले ५१ करोडको थैली लिएर आयो भने उसलाई वाणिज्य बैंकको अनुमति दिनुहुन्छ । हामी १ अर्ब पुँजी पु¥याउन लागेको संस्थालाई किन बैंकको अनुमति नदिने ?’ पछि गभर्नरले कानुन शाखासँग बुुझेपछि बैंक बनाउन अघि बढ्नुस् भन्नुभयो र प्रक्रिया अघि बढ्यो ।
एनएमबी वाणिज्य बैंक बन्नका लागि केन्द्रीय बैंकले सैद्धान्तिक सहमति दिएपछि भने निकै गाह्रो महसुस भएको पौडेलको भनाइ छ । १ अर्ब पुँजीका लागि बैंकका लगानीकर्तासँग सहमति लिए पनि केन्द्रीय बैंकले २ अर्ब हुनुुपर्ने प्रस्ताव अघि सा¥यो । प्रक्रियामा धेरै समय लाग्यो । तर, लगानीकर्ताको विश्वास र कर्मचारीहरुको पूर्ण सहयोगले सम्भव भयो ।
सन् १९९८ मा नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका रुपमा सञ्चालनमा आएको एनएमबी २००७ मा वित्त कम्पनीबाट एकैपटक वाणिज्य बैंकमा स्तरोन्नति भएको थियो । सन् २००० मा वित्त कम्पनीको सीईओका रुपमा प्रवेश गरेका पौडेलले १७ वर्ष (अप्रिल २०००–मार्च २०१७) सम्म अनवरत व्यवस्थापकीय जिम्मेवारी सम्हालेर सुनिल केसीलाई हस्तान्तरण गरे ।
२०६४ साउन २१ गते बबरमहलस्थित आफ्नै भवनबाट मात्र वित्तीय कारोबार गरेको एनएमबीले यसबीचमा आफ्ना सेवालाई विस्तार गर्दै २ सय १ शाखा, ९ एक्सटेन्सन काउन्टर तथा १ सय ३८ वटा एटिएममार्फत सेवा दिइरहेको छ ।
मलेसियाको क्वालालम्पुरमा प्रतिनिधि कार्यालय खोलेको एनएमबीको सहायक कम्पनीको रुपमा एनएमबी क्यापिटलमा पूर्ण स्वामित्व र एनएमबी लघुवित्त वित्तीय संस्थामा ५१ प्रतिशत स्वामित्व रहेको छ । गत असारसम्म बैंकमा १७४४ जना कर्मचारी क्रियाशील थिए ।
बैंक अफ दि इयर २०२१–एसिया अवार्ड
विश्वभर प्रतिष्ठाको रुपमा लिइएको र नेपालमा पनि नियामकीय मान्यता प्राप्त गरेको दि बेलायत (युके) को फाइनान्सियल टाइम्सद्धारा प्रकाशित ‘द बैंकर’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने ‘बैंक अफ दि इयर एसिया–२०२१’ अवार्डबाट एनएमबी सम्मानित भएको छ । एसिया अवार्ड प्राप्त गर्ने एनएमबी नै नेपालको पहिलो बैंक हो ।
एसिया अवार्डमा एसिया महादेशका ४८ देशका बैंकहरु सहभागी हुन्छन् । एसियामै पनि एसिया अवार्डबाट एग्रिकल्चरल बैंक अफ चाइना, डिबीएस सिंगापुर र वुरी बैंक कोरियाजस्ता थोरै बैंक मात्र सम्मानित भएका छन्
एनएमबीले बैंक अफ दि इयर पछिल्लो ५ वर्षमा ४ पटक प्राप्त गरेको छ । सुरूमा सन् २०१७ मा एनएमबीले बैंक अफ दि इयर पायो । त्यसपछि २०१८, २०२० र २०२१ पनि अवार्ड हात पा¥यो । बैंक अफ दि इयर एसिया अवार्डका कारण संस्थालाई सरल र ग्राहकमैत्री बनाएको खण्डमा पछि आएको संस्थाले पनि नेतृत्वदायी भूमिका प्राप्त गर्न सक्छ भन्ने देखाउँछ ।
एसिया अवार्डले एनएमबीलाई नेपालमा मात्रै नभएर विश्वबजारमा समेत परिचित बनाउन सहयोग गरेको छ । दि बैंकरले पहिलोपटक २००२ मा स्टयान्डर्ड चार्टर्ड बैंकलाई बैंक अफ दि इयरबाट सम्मानित गरेको थियो । विगतमा नेपालमा तरलता अभाव भएको समयमा विदेशबाट पैसा ल्याउने बैंकका रुपमा पनि एनएमबीले नै अग्रणी भूमिका खेलेको छ । यसले विदेशी संस्थाहरुबाट ८ अर्ब रूपैयाँ ल्याइसकेको छ भने थप ८ अर्ब ल्याउनका लागि विभिन्न संस्थासँग सम्झौता गरिसकेको छ ।
चालूू वर्षमा मात्रै एनएमबी सिंगापुरको ‘चाल्र्टन मिडिया गु्रप’ ले प्रकाशित गर्दै आएको पत्रिका ‘एसियन बैंकिङ एन्ड फाइनान्स’ बाट ‘कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ अवार्ड’ विधाको ‘ग्रिन डिल अफ द इयर–२०२१’ ले सम्मानित भएको छ । त्यस्तै भारतीय बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिसको स्वामित्वमा रहेको एजभर्बले पनि ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२१’ का लागि एनएमबीलाई ‘टुु डिजिटल इनिसियटिभ’ को सम्मान दिएको छ ।
एनएमबीका अध्यक्ष पवनकुमार गोल्यानले स–साना उद्यमी जन्माउन गरेको कामको परिणाम एकपछि अर्को सफलता हात लागेको बताए । विभिन्न समयमा पाइने अवार्डहरुले बैंकको जिम्मेवारी थप बढ्ने भन्दै अध्यक्ष गोल्यानले भने, ‘कृषिमा बैंकहरुले धेरै काम गर्नुपर्ने छ । आयात कर्जा दिएर मात्रै बस्दा २÷४ महिनामा बैंकहरु मात्रै होइन मुलुक नै टाट पल्टिन सक्छ ।’
नेपाली जनताको थप विश्वास आर्जन गर्दै विश्वकै उत्कृष्ट बैंक बन्ने लक्ष्यका साथ एनएमबी अघि बढिरहेको गोल्यानको दाबी छ ।
प्राथमिकताप्राप्त क्षेत्रमा औसतभन्दा माथि
दिगो बैंकिङको अवधारणाअनुसार एनएमबीले ४५ भन्दा बढी जलविद्युत् आयोजना र विभिन्न सिमेन्ट उद्योगमा लगानी गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वाणिज्य बैंकहरुको प्रमुख वित्तीय सूचकअनुसार २०७८ असोजसम्म कृषि क्षेत्रमा समग्र वाणिज्य बैंकहरुको औसतभन्दा कम लगानी गरेको एनएमबीले जलविद्युत् र साना तथा मझौला उद्यम÷व्यवसाय (एसएमई) मा औसतभन्दा बढी लगानी गरेको छ ।
कृषि क्षेत्रमा बैंकहरुको औसत कुल ऋणको १३.०७ प्रतिशत रहेकामा एनएमबीको ११.९ प्रतिशत मात्रै छ । उता, ऊर्जामा बजार औसत ५.८ प्रतिशत रहँदा एनएमबीको ८.१७ प्रतिशत र एसएमईमा बजार औसत ११.०९ प्रतिशत रहँदा एनएमबीको १२.४६ प्रतिशत ऋण लगानी रहेको छ ।
तर, समग्र प्राथमिकताप्राप्त क्षेत्रमा एनएमबीको लगानी बजार औसतभन्दा बढी छ । समग्रमा वाणिज्य बैंकहरुले २९.९६ प्रतिशत प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा लगानी गरेकोमा एनएमबीले भने ३२.५३ प्रतिशत लगानी गरेको छ ।
एनएमबीका सीईओ केसीले एनएमबी जहिले पनि मुलुकको समृद्धि र दिगो बैंकिङका लागि काम गरिरहेको बताए । भावी पुस्ता र नेपालका लागि मात्रै नभई विश्वका लागि पनि काम गर्नुपर्छ भन्ने सोचका साथ एनएमबी अघि बढेको भन्दै केसीले भने, ‘मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा सहकार्य गर्दै एसएमई तथा कृषि र जलविद्युत् क्षेत्रमा ठूलो योगदान गरेको छ ।’
वित्तीय संस्था गाभ्न पनि अग्रसर
एनएमबी बैंक आफूलाई सबल बनाउन अन्य वित्तीय संस्था पनि गाभ्न उद्यत रहेको छ । २०७२ साल कात्तिक १ गते क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक, पाथीभरा विकास बैंक र प्रुडेन्सियल फाइनान्स गाभेर एकीकृत कारोबार गरेको थियो । वित्तीय क्षेत्रमा तत्कालको तत्काल परिणाम देखिन गाह्रो हुन्छ ।
तत्काल परिणाम देखाउने गरी काम भएको खण्डमा त्यो टिकाउपूर्ण नहुन पनि सक्छ । त्यसैले बैंकिङ दीर्घकाललाई सोचेर गरिने मान्यता राखिन्छ र त्यसतर्फ एनएमबी अग्रसर भएको पाइन्छ । वित्तीय सूचकहरुमा आउने फेरबदलबाट नआत्तिइकन स्वस्थ बैंकिङ गर्दा पछि फर्कनु नपर्ने स्थिति एनएमबीले देखाएको छ ।
एनएमबीले अन्य संस्था गभ्ने प्रक्रिया यतिमै रोकिएको छैन । यसमा ओम डेभलपमेन्ट बैंक गाभिएर २०७६ असोज ११ गते एकीकृत कारोबार गरेको थियो भने कञ्चन डेभलपमेन्ट बैंकलाई गाभेर २०७७ भदौ ७ गते एकीकृत कारोबार गरेको थियो ।
एनएमबीले आर्थिक वर्ष २०७१÷७२ मै कर्पोरेट बिल्डिङ बनाउन काठमाडौंको कमलादीमा ५९ करोड रूपैयाँमा ५ रोपनी जग्गा खरिद गरेको छ । त्यसै वर्ष एनएमबीले चुक्ता पुँजीको २० प्रतिशत पुँजी दिएर नेदरल्याण्डको ‘फाइनान्सियरिङ्स–माट्स्चापिज् भुर ओन्ट्विीकेलिंस्लन्डन एनभी (एफएमओ)’ लाई भिœयाउने निर्णय गरेपछि थप रफ्तारमा अघि बढेको देखिन्छ ।