काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्राहकका लागि २० प्रतिशतसम्म क्यासब्याक योजना ल्याएको छ । कुशेऔंसी तथा हरितालिका तीजको अवसरमा बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना ल्याएको हो ।
मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एव् डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले सो क्यासब्याक योजना ल्याएको हो ।
क्यासब्याक योजनाअन्तर्गत भदौ २१ गते र कुशेऔंसीको दिन २२ गते बुबाका लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टू फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ३०० सम्म) क्यासब्याक पाइनेछ ।
यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आईएमई बैंकको डेबिट/क्रेडिट कार्डका प्रयोग गरी अनलाइन भुक्तानी गरेमा खरिदको २० प्रतिशत (५ सय रूपैयाँसम्म) क्यासब्याक पाइने बैंकले जनाएको छ ।
क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आईएमई बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पोस/ईकममार्फत ३ हजार वा सोभन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक फिर्ता पाइनेछ । महिला ग्राहकलाई लक्षित ल्याएको उक्त योजना भदौ १६ देखि ३१ गतेसम्म चल्नेछ
ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।