काठमाडौं । नबिल बैंकले काभ्रेको पनौती र पाँचखाल नगरपालिकामा उद्यमशीलता विकास तथा वित्तीय पहुँचका लागि सम्झौता गरेको छ ।
शुक्रबार भएको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले हस्ताक्षर गरेका छन् । त्यस्तै नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र पा“चखाल नगरपालिकाकी उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो साझेदारीमार्फत नगरपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा बैंकले नियमअनुसार कर्जा उपलब्ध गराउने छ । साथै त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने बताइएको छ ।
कार्यक्रममा बैंकका कार्यकारी अधिकृत शाक्यले सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताएका छन् ।
त्यस्तै पनौतीका मेयर न्यौपानेले बैंकको दिगो बैंकिङ सेवाले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने बताए । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु¥याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
त्यस्तै उपमेयर दनुवारले पा“चखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा खुसी व्यक्त गर्दै बैंकस“ग नगर विकास र रोजगारी सिर्जनासँगै हातेमालो गर्ने बताइन् ।
बैंकले असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ ।
बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको सो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।