काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्टक्चर बैंकबीच सहरी विकासका लागि सहकार्य गर्न समझ्दारी भएको छ ।
नगरपालिकामा रहेका सामाजिक आवश्यवकताहरु पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनबाट नगरबासिको दैनिक जनजीवनमा सहजीकरण गर्ने उद्देश्यले नगरपालिका र इन्फ्रस्टक्भर बैंकबीच समझ्दारी भएको हो ।
साथै नगरपालिकाको राणनीतिक कार्य योजनाअन्तर्गत रहेको ‘सुविधासम्पन्न सहरी विकास तथा निर्माण’ र उक्त परियोजना निर्माण गर्न आवश्यक हुने प्रानिधिक एवं आर्थिक सम्भाव्यता अध्ययनलगायतका काममा पनि सहज हुने बताइएको छ ।
त्यस्तै वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारिकरण, परामर्शदाता तथा विकासकर्ताको छनौटका लागि आवश्यक सहयोग, लगानीको संरचनातय गर्नेलगायत सार्वजनिक निजी साझेदारीमार्फत् नगरपालिकाका सुविधासम्पन्न सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयन सम्बन्धि कार्य अगाडि बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सो समझदारी पत्रमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।
देशको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनालाई आवश्यक सहयोग पुर्याउने उद्देश्यसहित अगाडि बढेको नेपाल इन्फ्रस्टक्भर बैंकले आगामी दिनमा अन्य स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ ।